निर्वाचन सामग्रीसहित मतदान स्थलमा खटिए कर्माचारी « Khabarhub

निर्वाचन सामग्रीसहित मतदान स्थलमा खटिए कर्माचारी


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक-प्रतिनिधि सभा र प्रदेस सभा सदस्य निर्वाचनका लागि निर्वाचन सामग्रीसहित कर्माचारी मतदान केन्द्रमा खटिएका छन् । सदरमुकाम चौतारास्थित जिल्ला निर्वाचन कार्यलयबाट मतदान अधिकृतसहित सबै कर्मचारी मतदानका लागि आवश्यक ७२ प्रकारका सामाग्री बोकेर कार्य क्षेत्र लागेका हुन् ।

मतपेटिका, छेकबारा, स्वस्तिक छाप पितल-रबर, स्यानिटाइजर, मास्क, कैची, नेपाली कागज, फोटोकपि पेपर, डोरी, कलम, ग्लु स्टिक, सोसरलगाएतका ७२ प्रकारका चुनावी सामाग्री कर्माचारीले बुझेका छन् ।

७२ मध्ये निर्वाचन आयोगले ५७ प्रकारका सामाग्री पठाएको छ । आयोगले दिएको जिम्मेवारी अनुसार जिल्ला निर्वाचन कार्यलयले १५ प्रकारका सामाग्री व्यवस्थापन गरेको जिल्ला निर्वाचन अधिकारी विकास रिजालले बताए ।

निर्वाचनका लागि सिन्धुपाल्चोकमा २ हजार ५ सय २६ जना कर्माचारी लागेका छन् । यहाँ १ सय ४५ मतदानस्थलमा ३ सय २० मतदान केन्द्र तोकिएको छ । सोमबार र मंलबार गरी १ सय २८ मतदान केन्द्रका कर्माचारीले चुनाव सामग्री बुझेका छन् ।

सिन्धुपाल्चोकमा मतदाताको कुल सङख्या २ लाख ६० हजार २ सय ७३ रहेको छ । यो सङख्यामा पुरुष मतदाता १ लाख ३४ हजार ८ सय १५ र महिला मतदाता १ लाख २५ हजार ४ सय ५८ रहेका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा मतदाता सङख्या १ लाख ३० हजार ७ सय ९ रहेको छ । यसमा पुरुष ६७ हजार ६ सय ३१ र महिला मतदाता ६३ हजार ७८ रहेका छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ (क) प्रदेश सभामा ६६ हजार ७ सय ५५ मतदाता रहेका छन् । यहाँ पुरुष मतदाता ३४ हजार ५ सय १ र महिला मतदाता ३२ हजार २ सय ५४ छन् । निर्वाचन क्षेत्र नम्बर १(ख) प्रदेशमा ६३ हजार ९ सय ५४ मतदाता रहेका छन् । यहाँ पुरुष मतदाता ३३ हजार १ सय ३० र महिला मतदाता ३० हजार ८ सय २४ रहेका छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा मतदाताको संख्या १ लाख २९ हजार ५ सय ६४ कायम रहेको छ । यहाँपुरुष ६७ हजार १ सय ८४ र महिला ६२ हजार ३ सय ८० रहेका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर २ (क) प्रदेशसभामा ६२ हजार ७ सय ९२ मतदाता छन् । यसमध्ये पुरुष मतदाता ३२ हजार ७४ र महिला ३० हजार ८ सय ९८ रहेको छ । क्षेत्र नम्बर २ (ख) प्रदेशसभा निर्वाचन क्षेत्रमा ६६ हजार ५ सय ९२ मतदाता रहेका छन् । यहाँ पुरुष ३५ हजार १ सय १० र महिला ३१ हजार४ सय ८२ छन् ।

जिल्लामा क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य उम्मेदवारमा १४ जना छन भने क्षेत्र न.२ प्रतिनिधिसभामा १३ जनाउम्मेदवार रहेका छन् । प्रतिनिधिसभा तर्फका प्रमुख दल र उम्मेदवारमा क्षेत्र नम्बर १ नेकपा एमालेका सरेश नेपाल, नेकपा माओवादी केन्द्रका ।माधव सापकोटा सुवोध (गठबन्धन), क्षेत्र नम्बर २ नेकपा एमालको शेर बहादुर तामाङ, नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत (गठबन्धन)का उम्मेदवार प्रतिस्पर्धामा छन् ।

निर्वाचन सम्पन्न गर्न स्थानीय प्रशासनले मतदान स्थलको सुरक्षा संवेदनशीलताको आधारमा तीन घेराको चुनावी सुरक्षा योजना बनाएको छ ।

– सम्झना कार्की/न्युज कारखाना

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ८ : २४ बजे

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन

रसुवाबाट २५ घाइतेको उपचारका लागि काठमाडौं ल्याइयो  

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते

नुवाकोटको दृश्य : उद्धार गर्दै सुरक्षाकर्मी, आफन्तको आर्तनाद (तस्बिरहरू)

काठमाडौं– नुवाकोटका बाढीपीडितलाई नेपाली सेनासहित सुरक्षाकर्मीद्वारा हवाई उद्धार जारी छ

विपद्मा नागरिकको जीवन रक्षा गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं– नेपाली कांग्रेसले सरकारका सबै साधन श्रोत र संयन्त्रको उच्चतम

नेपालमा बाढी प्रभावित भारतीयको उद्धारका लागि भारतीय दूतावास सक्रिय

काठमाडौं- नेपालमा बुधबार आएको आकस्मिक बाढीबाट प्रभावित भारतीय नागरिकको उद्धार