आगलागीमा परी एक युवतीको मृत्यु « Khabarhub

आगलागीमा परी एक युवतीको मृत्यु


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– मध्यपुरथिमि नगरपालिका-६ राईटोल माथिल्लो कुण्डोल बस्ने ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको तीन तले कच्ची घरमा आज बिहान आगलागी हुँदा एकको मृत्यु भएको छ भने एक घाइते छन् । 

आज बिहान करिब ८ बजे भएको आगलागीमा परेर आत्मारामकी छोरी २५ वर्षीया अस्मिताको पौने ९ बजे घरमै मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । उनी  सुस्तमनस्थिति र प्यारालाइसिस पीडित रहेको बताइएको छ ।

आगलागीमा परेर सोही घरको हरिशरणकी छोरी १४ वर्षीया नित्मा केसीलाई उद्धार गरी उपचारका लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमी लगिएको उनले जानकारी दिए ।

बिहान आगलागी भएपछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, जुद्ध बारुणयन्त्रका दुई दमकल र स्थानीयवासीको सहयोगमा बिहान ९ बजे आगो नियन्त्रणमा लिएको उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको र क्षति विवरण सकलन जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  १२ : ५९ बजे

काभ्रेमा नौ ‘आपराधिक उपद्रव’विरुद्ध अभियोग दर्ता

काभ्रेपलाञ्चोक– काभ्रे  जिल्ला अदालतमा नौ ‘आपराधिक उपद्रव’सम्बन्धी अभियोग मुद्दा दर्ता

ओलीप्रति घिमिरेको कटाक्ष : सबै ठिक छ महाराज !

काठमाडौं- नेकपा एमालेका नेता वासुदेव घिमिरेले अध्यक्ष केपी शर्मा ओलीको

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर– पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र मोटरसाइकल

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै आएको

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान- इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन