१५ हजार मतपत्रसहित एक जना भारतीय पक्राउ « Khabarhub

१५ हजार मतपत्रसहित एक जना भारतीय पक्राउ


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

पर्सा– जगरनाथपुर गाउँपालिका-२ दशौतास्थित सडकबाट प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धी १५ हजार मतपत्रसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य पश्चिम चम्पारन नरकटिया ग्रामपञ्चायत-१४ ठेगाना भएका ४० वर्षीय इजाजत अहमद रहेका छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । 

भारतबाट नेपालको दशौतातर्फ आउँदै गरेको बिआर २२ डब्लु ८००२ नम्बरको भारतीय मोटरसाइकललाई इलाका प्रहरी कार्यालय पोखरियाबिओपि भिखमपुर पर्साबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा मत्रपत्र भेटिएको थियो । 

मोटरसाइकलको पछाडिको सिटको भागमा हरियो रंगको बोरामा उक्त परिमाणको मतपत्रहरू फेला परेपछि मोटरसाइकल चालक अहमदलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ४ : ५१ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ।

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको

बागमतीमा मन्त्री बनेका तीन सांसदलाई राप्रपाले सोध्यो १२ घण्टे स्पष्टीकरण

काठमाडौँ । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही