विदेशी मुद्राको सञ्चितिमा वृद्धि « Khabarhub

विदेशी मुद्राको सञ्चितिमा वृद्धि


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लामो समयदेखि घट्दो क्रममा रहेको वैदेशिक मुद्राको सञ्चिति क्रमशः  बढ्न थालेको छ । सरकारले केही वस्तुको आयातमा गरेको कडाइ गरेसँगै वैदेशिक मुद्राको सञ्चितिमा सुधार भएको हो । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विदेशी विनिमय सञ्चिति रु १२ खर्ब ४६ अर्ब २२ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको तेस्रो महिनासम्मको विवरणअनुसार कुल विदेशी विनिमय सञ्चिति दुई दशमलव पाँच प्रतिशतले वृद्धि भएको हो ।

यो वृद्धिसँगै मुलुकको वस्तु आयात गर्न सक्ने क्षमतामा समेत सुधार भएको छ । केन्द्रीय बैंकका अनुसार बाह्य क्षेत्रमा केही सुधार भएको पाइएको हो ।  अघिल्लो आवको अन्त्यमा विदेशी मुद्राको सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड बराबर थियो ।अमेरिकी डलरमा भने विनिमय सञ्चिति शून्य दशमलव छ प्रतिशतले घटेर नौ अर्ब ४८ करोड कायम भएको छ । अघिल्लो वर्षको अन्यमा यस्तो सञ्चिति नौ अर्ब ५४ करोड थियो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा गत असोज मसान्तमा चार दशमलव तीन प्रतिशतले वृद्धि भई ११ खर्ब एक अर्ब ६० करोड पुगेको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा एक खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा असोज मसान्तमा नौ दशमलव तीन प्रतिशतले कमी आई एक खर्ब ४४ अर्ब ६२ करोड रहेको छ ।

चालु आवको पहिलो तीन महिनाको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.८ प्रतिशत रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणमा उल्लेख छ । विसं २०७८ साउनमा १३ खर्ब ५४ अर्ब ८२ करोड बराबर रहेको विदेशी मुद्राको सञ्चिति लगातार ओरालो लागेर गत वैशाखमा ११ खर्ब ४६ अर्ब ८८ करोडमा झरेको थियो । केन्द्रीय बैंकका अनुसार, अहिले विदेशी मुद्राको सञ्चिति एक महिनामै ५७ अर्बले बढेर १२ खर्ब ४६ अर्ब २२ करोड बराबर पुगेको छ । यो रकमले  नौ दशमलब छ महिनाको वस्तु र आठ दशमलव तीन महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने विवरणमा उल्लेख छ ।

शोधनान्तर स्थितिमा सुधार

विदेशमा रोजगारीमा गएका नेपालीले पठाएको विप्रेषण तथा आयातमा गरिएको कडाइका कारण शोधनान्तर स्थितिमा सुधार आएको छ । देशबाट बाहिरिनेभन्दा भित्रिने रकममा वृद्धि भएसँगै सरकारले राहतको श्वास फेर्न पाएको छ । चालु आवको तीन महिनामा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ८७ अर्ब ७१ करोडले घाटामा रहेको थियो । सरकारले लिएको नीतिका कारण महत्वपूर्ण सुधार भएको केन्द्रीय बैंकको विवरणमा उल्लेख छ ।

अमेरिकी डलरमा अघिल्लो वर्षको असोज मसान्तसम्ममा ७४ करोड १२ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ९ करोड १८ लाखले बचतमा छ । समीक्षा अवधिमा चालु खाता रु ३४ अर्ब २८ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ४९ अर्ब ८१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब २६ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २७ करोडले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३४ दशमलव आठ प्रतिशतले वृद्धि भई दुई अर्ब ५९ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी आठ करोड प्राप्त भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु एक अर्ब ९२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी पाँच अर्ब सात करोड रहेको थियो ।

 

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ५ : ०१ बजे

सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

राष्ट्रियसभाको बैठक : चार महत्त्वपूर्ण विधेयकमाथि छलफल हुने

 काठमाडौं – सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ। आजको बैठकमा

नेपालमा विदेशी पर्यटक बढे

काठमाडौं– नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल पर्यटन

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री, पाँच पुल निर्माण प्रक्रिया अघि बढाउन निर्देशन

मुस्ताङ- गण्डकी प्रदेशका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको

कांग्रेसमा बढ्यो आन्तरिक राजनीतिक भेटघाट

काठमाडौं- नेपाली कांग्रेसभित्र पछिल्लाे समय शीर्ष नेताहरूबीच आन्तरिक राजनीतिक भेटघाट र छलफल तीव्र