पश्चिम नवलपरासीमा महिलामैत्री मतदानस्थल « Khabarhub

पश्चिम नवलपरासीमा महिलामैत्री मतदानस्थल


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा एउटा मतदानस्थल नै महिलामैत्री बनाइएको छ । पश्चिम नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा पर्ने रामग्राम नगरपालिका-१ को सयपत्री बोर्डिङ स्कुलको मतदानस्थल महिलामैत्री बनाइएको हो ।

 जिल्ला निर्वाचन अधिकारी सुजाता खत्रीका अनुसार सयपत्री स्कुलको मतदानस्थलमा दुईवटा मतदान केन्द्र छन् । ‘हामीले सयपत्री स्कुलको मतदानस्थल महिलामैत्री निर्माण गरेका हौँ’, उनले भने, ‘दुईवटा केन्द्र रहेको यसस्थलमा मतदान अधिकृतदेखि कर्मचारी र सुरक्षाकर्मी सबै महिलालाई मात्रै खटाएका छौँ ।’ उक्त बोर्डिङ स्कुलको ‘क’ मतदान केन्द्रमा सात सय ५६ मतदाता रहेको र  यहाँ मतदान अधिकृतको रुपमा कुमारी केसीलाई खटाइएको निर्वाचन अधिकारी खत्रीले बताए । 

सोही मतदानस्थलको ‘ख’ मतदान केन्द्रमा सात सय ८७ मतदाता छन् । यस मतदान केन्द्रमा पनि मतदान अधिकृतको रुपमा मनिषा पौडेललाई जिम्मेवारी तोकिएको छ । दुवै मतदान केन्द्रमा आठ-आठ गरी १६ महिला कर्मचारी खटाइएको उनको भनाइ थियो। उक्त बोर्डिङ स्कुलको मतदानस्थलको सुरक्षाको जिम्मा पनि महिला प्रहरीलाई नै प्रदान गरिएको छ ।

नवलपरासी पश्चिम जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलका अनुसार त्यस मतदानस्थलमा प्रहरी सहायक निरीक्षक यशोदा विकको नेतृत्वमा सबै सुरक्षाकर्मी महिला नै परिचालन गरिएको हो । ‘उक्त स्कुलको मतदानस्थललाई महिलामैत्री बनाउने विषयमा छलफल भएपछि हामीले पनि सुरक्षाको जिम्मा महिलालाई नै दिने गरी काम गर्‍यौँ’, उनले भने, ‘त्यहाँ प्रहरी सहायक निरीक्षक यशोदा विकको नेतृत्वमा नेपाल प्रहरी र म्यादी प्रहरीका सबै सुरक्षाकर्मी महिला नै परिचालन गरेका छौँ ।’ उक्त मतदानस्थलको सुरक्षाका लागि १३ सुरक्षाकर्मी परिचालन गरिएकामा सबै महिला रहेका प्रहरी उपरीक्षक कँडेलले जानकारी दिए । नवलपरासी क्षेत्र नम्बर २ मा एक लाख २६ हजार छ सय ८० मतदाता छन् । 

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  १२ : ३५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै