ढुक्क भएर मताधिकार प्रयोग गर्न गृहको आग्रह « Khabarhub

ढुक्क भएर मताधिकार प्रयोग गर्न गृहको आग्रह


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृह मन्त्रालयले यही मङ्सिर गते हुने निर्वाचनमा ढुक्क भएर मतदान गर्न आममतदातालाई आग्रह गरेको छ । भौतिक तथा हिंसात्मक गतिविधिमा संलग्न जोकोहिमाथि कडा निगरानी राखिएको उल्लेख गर्दै मन्त्रालयले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुने विश्वास दिलाएको छ ।

निर्वाचनको पूर्व तयारीबारे मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा गृह प्रवक्ता विनोद प्रकाश सिंहले कर्मचारी, मतदाता र मतपत्रको सुरक्षामा खतरा पुर्‍याउने व्यक्ति दलरसमूह र सङ्गठनमाथि कडा निगरानी राखिएको बताए। उनले भन
, ‘विगतभन्दा धेरै राम्रो निर्वाचन सुरक्षा व्यवस्था गरेका छौँ । सम्पूर्ण मतदातालाई उत्साहपूर्वक मताधिकार प्रयोग गर्न अनुरोध गर्दछु ।’ 

मन्त्रालयको सुरक्षा तयारीबारे जानकारी दिँदै उनले भने, ‘केही दिन यता केही हिंसात्मक गतिविधिहरू देखिएका छन् । यस्ता खालका गतिविधिमा संलग्न व्यक्ति, समूह र सङ्गठनप्रति हामी ‘शून्य सहनशीलता’ मा छौँ । हामीले सूक्ष्म अनुगमन र कडा निगरानी गरिरहेका छौँ ।’

प्रवक्ता सिंहका अनुसार मतदान केन्द्र नजिक नौ सय तीन स्थानमा नेपाली सेनाको बम बिस्फोटक टोली खटाइएको छ । इजाजत प्राप्त र अवैध दुई हजार २५ थान हातहतियार संकलन भएको छ । चालीस वटा स्थानमा हेलिकप्टरबाट मतपत्र ढुवानी गर्ने व्यवस्था गरिएको छ । यस्तै नेपाली सेनाको हेलिकप्टर इटहरी, बर्दिवास, पोखरा र सुर्खेतमा तयारी अवस्थामा राखिएको छ भने हवाई गस्ती समेत गरिरहेको छ । 

गृह मन्त्रालयका अनुसार देशभर अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी दुई लाख ९८ हजार पाँच सय ७९ जनशक्ति परिचालित भएका छन् । मतदानस्थलको संवेदनशीलताअनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ । 

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ६ : १३ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही