भीड शान्त गराउन खोज्ने प्रहरी अधिकारीलाई यसरी बर्सियो लाठी « Khabarhub

भीड शान्त गराउन खोज्ने प्रहरी अधिकारीलाई यसरी बर्सियो लाठी


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतको तेलङ्गनामा घटेको एक घटनाको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । जहाँ एक महिला प्रहरी अधिकारीमाथि निर्वाध लाठी बर्साइन्छ । उनी घाइते हुने गरी किन घटना घट्यो? भन्ने चासोसहितका प्रश्न पनि भिडियोमा सोधिएको छ ।

यो घटनामा संलग्न भएको आरोपमा १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तेलङ्गना राज्यको सत्तारुढ पार्टीका सदस्यले नेतृत्व गरेको उक्त भिड आइतबार वृक्षारोपण अभियान विरुद्ध प्रदर्शन गरिरहेको थियो। ती बन अधिकृतलाई लाठीले हानेको भिडिओ भाइरल भएको थियो र पार्टीले त्यस्तो हमलाको सामाजिक सञ्जाल ट्विटरमा निन्दा गरेको थियो।

घाइते भएकी ती अधिकृतको अहिले उपचार भइरहेको छ। भिडिओमा ट्रयाक्टरमा उभिएर भीडलाई शान्त पार्ने प्रयास गरिरहेकी ती वन अधिकृतलाई बाँसको लाट्ठीले हमला गरेको देखिन्छ।

अन्य वन अधिकारीहरू र स्थानीय प्रहरी आएर भिडलाई तितरबितर नपार्दासम्म उनलाई बारम्बार लाट्ठीले हानेको देखिन्छ। त्यस्तो भिडिओ सामाग्री भारतभर भाइरल भएको थियो र त्यसले देशभर आक्रोश फैलाएको थियो। यो घटनापछि तेलङ्गना राष्ट्र समितिको उच्च तहमा रहेका कल्भाकुन्त्ला तराका रामा राओले ट्विटरमा घटनाको निन्दा गर्नुपरेको थियो।

वन विभागले आदिवासी किसानहरूलाई आतङ्कित बनाइरहेको छ । उनीहरूको जमिन जबर्जस्ती कब्जा गरिएपछि हमला भएको बताइएको छ ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ९ : ३१ बजे

सभामुखदेखि उपसभामुखसम्मको विरासत बोकेको झापा-२ राष्ट्रिय चासोको केन्द्र

सुरुङ्गा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले झापा क्षेत्र

भारत–मलेसिया सेमिकन्डक्टर सहकार्य विस्तार

पुत्रजया- भारत र मलेसियाले आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीको मलेसिया भ्रमणका

बैतडीमा ३८७ नाल भरुवा बन्दुक प्रशासनलाई बुझाइयो

दशरथचन्द– बैतडीमा तीन सय ८७ वट भरुवा बन्दुक जिल्ला प्रशासन कार्यालयलाई

प्रधानमन्त्रीद्वारा खेलाडीलाई विजयको शुभकामना

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपाली क्रिकेट टोलीका खेलाडीलाई आज मुम्बईको

जनकपुरधाममा आचारसंहिता उल्लङ्घन गर्ने १५०० बढी सामग्री हटाइयो, सबैभन्दा अगाडि रास्वपा

धनुषा– जनकपुरधाम क्षेत्रमा निर्वाचन आचारसंहिता विपरीत सार्वजनिक स्थानमा टाँसिएका पोस्टर,