कतार विश्वकपको भव्य उद्घाटन | Khabarhub Khabarhub

कतार विश्वकपको भव्य उद्घाटन


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

दोहा – विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप कतार २०२२ को भव्य उद्घाटन भएको छ । कतारको अलखोरमा अवस्थित अल बायत स्टेडियममा आइतबार साझ एक विशेष समारोहकाबीच कतार विश्वकप औपचारिक उद्घाटन भएको छ ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आइतवार साँझ अल बायत स्टेडियममा फिफा विश्वकप कतार २०२२ को उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा फिफा अध्यक्ष जियानी ईन्फान्टिनो, कतार फुटबलका अध्यक्ष शेख हमाद बिन खलिफा बिन अहमद अल थानी, विभिन्न राष्ट्रका फुटबल अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहमा अमेरिकी कलाकार मोर्गन फ्रीम्यान, कोरियाली ब्यान्ड बीटीएस लगायतका स्थानीय कलाकारले प्रस्तुति दिएका थिए ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरसँग कतारको समयअनुसार साँझ ७ बजे प्रतिस्पर्धा गर्दैछ । समूह ए मा रहेका कतार र इक्वेडर बीचको खेल आज राती नेपाली समय अनुसार राति पौने १० बजे अल बायत स्टेडियममा हुँदैछ ।

​मध्येपूर्वको अरब राष्ट्रमा पहिलो पटक आयोजना भएको कतार विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ९ : ३६ बजे

अबुधाबीमा राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

काठमाडौं– नेपाली दूतावास अबुधाबीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा शिविरमा

दुबईमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न

काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको

लिफ्टिङमार्फत ‘एक घर, एक धारा’

बागलुङ– बागलुङ नगरपालिका– १३ काभ्रेडाँडामा ‘एक घर, एक धारा’ निर्माण

बेलायत र अमेरिकासँग सम्बन्ध सुदृढ बनाउने कार्नीको योजना

क्यानडा – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी अहिले रणनीतिक रूपले दक्ष

लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेसको महत्त्वपूर्ण भूमिका : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण