ईश्वर पोखरेलले प्रदीप पौडेललाई दिए बधाई | Khabarhub Khabarhub

ईश्वर पोखरेलले प्रदीप पौडेललाई दिए बधाई


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाली कांग्रेसका नेता प्रदीप पौडेललाई बधाई दिएका छन् । मंगलबार राति सामाजिक सञ्जालमार्फत पोखरेलले आफूलाई पराजित गर्दै काठमाडौं क्षेत्र नम्बर ५ मा विजय भएका पौडेललाई बधाई दिएका हुन् ।

उनले निर्वाचनमा विजयी बन्न नसके पनि भविष्यमा जनतासँगको सम्बन्ध, सम्पर्कलाई थप जीवन्त बनाउने, जनताका विकास निर्माणका चाहना र आवश्यकतालाई सधैँ उच्च प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘निर्वाचनमा विजयी बन्न नसके पनि भविष्यमा जनतासितको सम्वन्धर सम्पर्कलाई थप जीवन्त बनाउने, जनताका विकास निर्माणका चाहना र आवश्यकतालाई सँधै उच्च प्राथमिकतामा राख्ने , पारदर्शी जीवन शैली अपनाउने र निरन्तर देश हित र जनताका काममा कृयाशील बन्ने मार्गमा पूर्ववत लागिरहने प्रतिवद्धता समेत व्यक्त गर्दछु !’

उनले निर्वाचनमा आफूलाई मत दिनेहरूलाई धन्यवादसमेत दिएका छन् ।

 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १० : ३२ बजे

नेपालगञ्ज-नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँके र बर्दियाका जनप्रतिनिधि

आमाको स्वघोषणाले सन्तानलाई नागरिकता उपलब्ध गराउने मूल ध्येय छ : गृहमन्त्री 

काठमाडौं – गृहमन्त्री रमेश लेखकले आमाको स्वघोषणाले सन्तानलाई नागरिकता उपलब्ध

जनसम्पर्क सुदृढीकरण गर्न कांग्रेस प्रवक्ता डा. महतको आह्वान

बेल्जियम– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले युरोपभरि जनसम्पर्क

छुट्टाछुट्टै स्थानमा दुईजना मृत भेटिए

बर्दिया– मधुवन नगरपालिका-७ भाटखोले टोल बस्ने ७० वर्षीय ललित बहादुर