निर्वाचन भएको चार दिनपछि मुगुको मतगणना सुरु « Khabarhub

निर्वाचन भएको चार दिनपछि मुगुको मतगणना सुरु


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मुगु – प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन मङ्सिर ४ गते सम्पन्न भएको चार दिनपछि मुगुमा मतगणना सुरु भएको छ।

भौगोलिक विकटताका कारण तीन दिनसम्म मतपेटिका सङ्कलन समय लागेकाले मतगणना कार्य ढिलो सुरु भएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

‘मुगुमा चार स्थानीय तह मात्र भए पनि छायाँनाथ रारा नगरपालिकाको मतपेटिकामात्र समयमै सङ्कलन भयो’, उनले भने, ‘मुगुको सोरु, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकाको भौगोलिक विकटताका कारण दुई दिन लगाएर मतपेटिका सदरमुकाम पुर्‍याइएको थियो ।’

प्रमुख जिल्ला अधिकारी महतले आज बसेको सर्वदलीय बैठकबाट राजनीतिक सहमति जुटाएर बिहान ८ : ३० बजेदेखि मतगणना सुरु भएको बताए । उनका अनुसार मुगुमा ३४ हजार नौ सय ६२ मतमध्ये २६ हजार छ सय १५ (७४.४९ प्रतिशत) मत खसेको छ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १० : ५२ बजे

‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नौ दशमलव १४ मेगावाट

अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो (तस्बिरसहित)

काठमाडौँ– टर्किस एयरलाइन्सको जहाज अवतरणका क्रममा दुर्घटनामा परेपछि अवरुद्ध भएको

फ्रेन्च लिग वान : पीएसजी उपाधि नजिक

काठमाडौँ– फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) उपाधि

विमानस्थल ठप्प भएपछि एयर अरेबियाको जहाजले लगायो नौ फन्का

काठमाडौँ– इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाजमा अवतरणका क्रममा टायर

अवतरणका क्रममा टर्किस एयरलाइन्स जहाजको टायर पड्किँदा आगो निस्कियो, यात्रु सुरक्षित

काठमाडौँ– इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा