घण्टी बजाउँदै जितेका युवा सांसद अब संसदमा « Khabarhub

घण्टी बजाउँदै जितेका युवा सांसद अब संसदमा

‘जसले नेपाली राजनीतिमा पुस्तान्तरणको नेतृत्व गर्न सक्छन्’


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : पत्रकार सोविता गौतम काठमाडौँ २ मा उम्मेद्वारी घोषणा गर्दा धेरैलाई उनले जित्न सक्छिन् भन्ने अनुमान पनि थिएन । सत्ता गठबन्धनले पूर्वसभामुख ओनसरी घर्तीलाई साझा उम्मेदवारका रुपमा उठाउँदा सोविताले जित्ने कुनै अनुमान थिएन ।

रोल्पाकी ओनसरीलाई स्थानीयले भोट दिनेमा शंका थियो । तर पनि उनले हिम्मत हारिनन् । एमाले र कांग्रेसको बाहुल्यता रहेको सो क्षेत्रमा सबैलाई चकित पार्दै स्वतन्त्र पार्टी घण्टीबाट २७ वर्षीया सोविताले चुनाव जितेकी छन् ।

सम्भवतः सबैभन्दा कान्छी सांसद बनेर उनी प्रतिनिधिसभा प्रवेश गर्दैछिन् । यो नेपाली राजनीतिमा पुस्तान्तरणको एउटा कोशेढुंगा साबित हुनेछ ।

यस्तै शिशिर खनाल नेपाली शैक्षिक अभियानका एक ‘मिराकल’ हुन् । नेपालका सामूदायिक विद्यालयको सुधार र स्तरोन्नतिका लागि शिशिरले ‘टीच फर नेपाल’बाट धेरै काम गरेका छन् । जसकारण उनी जति चर्चामा रहे, त्यति सफल, बौद्धिक र महत्वपूर्ण व्यक्तिका रुपमा उभिए ।

राजनीतिलाई फोहोरी खेल भन्दै बसेका उनी तत्काल त्यस्तो कदम उठाउने सोचमा थिएनन् । तर स्थानीय तहको चुनावमा बालेन शाह, हर्क साम्पाङ जस्ता नयाँ अनुहार आएपछि शिशिर पनि काठमाडौँ ६ बाट उनले उम्मेद्वारी दर्ता गरे ।

अहिले अग्रता बढाइरहेका उनी जित्ने लगभग पक्कापक्की जस्तै देखिन्छ । यस्तै काठमाडौँ ८ बाट विराजभक्त श्रेष्ठ विजयी भएका छन् । उनले अहिलेका पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई हराउँदै जित हासिल गरेका छन् ।

यस्तै काठमाडौँ ७ बाट गणेश पराजुलीले जितेका छन् । काठमाडौँबाट मात्रै स्वतन्त्र पार्टीका चार जना सांसदले जित्ने पक्कापक्की भएपछि कम्युनिष्टका उम्मेद्वार एमाले र माओवादी खुम्चिएका छन् । काठमाडौँमा कम्युनिष्टका नाममा विरासत धान्ने परम्परा भने अहिलेका लागि रोकिएको छ । केवल जो युवा र भिजिनरी छ, उसले जित्ने सम्भावना धेरै हदसम्म बढेको छ ।

गणेश पराजुली, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र सोविता गौतमको जितले यसपटक रविको पार्टीबाट युवाहरू नै उदाएका छन् । जबर्जस्त उदाएका युवाहरुले संसद्मा युवाकै प्रतिनिधित्व गर्नेछन् । यसका साथै देश बनाउन अब युवा नै अघि सरेको प्रमाणित भएको छ ।

यो चुनावबाट जसरी रविको पार्टीमार्फत युवाहरू आएका छन्, यसले नेपाली राजनीतिको पुस्तान्तरणमा ‘मिराकल’ भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

 

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ३ : ३० बजे

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि

अष्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद

काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन