निर्माणाधीन ट्याङ्कीमा मृत भेटिए मेलम्ची अ‍ायाेजनाका ठेकेदार « Khabarhub

निर्माणाधीन ट्याङ्कीमा मृत भेटिए मेलम्ची अ‍ायाेजनाका ठेकेदार


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेलम्ची खानेपानी आयोजनाअन्तर्गत ललितपुरको ढोलाहिटीमा निर्माणाधीन खानेपानीको ट्याङ्कीमा एकजना मृत भेटिएका छन् ।

खानेपानी आयोजनाको ट्याङ्की निर्माणका ठेकेदार ४९ वर्षीय इश्वर महतो मृत फेला परेका हुन् । भारत बिहारको बेतिया घर भएका महतो बिहान ६ बजे ट्याङ्कीमा मृत फेला परेका हुन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गोविन्द थपलियाका अनुसार महतो ट्याङ्कीभित्र मृत फेला परेका थिए ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको थपलियाले जानकारी दिए ।

महतोका आफन्तहरु काठमाडौंमा नभएकाले शवको पोष्टमार्टम हुन सकेको छैन । प्रहरीका अनुसार मृतक महतोका आफन्तहरु काठमाडौंका लागि घरबाट हिँडिसकेका छन् ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ५ : ४९ बजे

रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा निर्णय

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्नेक्रम जारी रहेको छ

कैलालीको सत्ती भन्सार कार्यालय : राजस्व सङ्कलनमा कमी

कैलाली– टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको

एमाले संसदीय दलको जिम्मेवारी पाए खुट्टा कमाउँदिन: सुहाङ नेम्वाङ

काठमाडौँ- नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढ्दा नेकपा (एमाले)मा संसदीय

जेनजी आन्दोलन घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र स्ववियुको दबाब (तस्बिरहरू)

काठमाडौँ– त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गत भदौ