नवलपरासी-१ : प्रदेशसभा १ मा कांग्रेस २ एमाले विजयी « Khabarhub

नवलपरासी-१ : प्रदेशसभा १ मा कांग्रेस २ एमाले विजयी


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

नवलपुर – नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ (१) मा नेपाली कांग्रेस तथा (२) मा एमाले विजयी भएको छ ।

मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलका अनुसार प्रदेशसभा (१) मा कांग्रेसका उम्मेदवार महेन्द्रध्वज जिसी निर्वाचित भएका हुन् । पन्ध्र हजार एक सय ३७ मतसहित जिसी निर्वाचित भएको लुइँटेलले जानकारी दिए । जिसीका निकटतम प्रतिस्पर्धी एमालेका रवीन्द्र अधिकारीले १३ हजार नौ सय ८७ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्तोष थापाले छ हजार एक सय ४० मत प्राप्त गरे ।

प्रदेशसभा (२) मा एमालेका उम्मेदवार रोशनबहानुर गाहा निर्वाचित भए । गाहा १७ हजार आठ सय २३ मतसहित प्रदेशसभा सदस्यका लागि निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका लोकप्रसाद भुर्तेलले १४ हजार एक सय १० मत प्राप्त गरेको लुइँटेलको भनाइ छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ८ : २८ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको