सल्यानको प्रदेशसभा १ मा माओवादी र २ मा कांग्रेस विजयी « Khabarhub

सल्यानको प्रदेशसभा १ मा माओवादी र २ मा कांग्रेस विजयी


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सल्यान – एक मात्र निर्वाचन क्षेत्र रहेको सल्यानमा प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेदवार विजयी भएका छन्।

१ मा नेकपा (माओवादी केन्द्र)का भीमप्रकाश शर्माले २२ हजार दुई सय ४३ मत ल्याएर विजय भए । उनले आठ हजार १८ को मतान्तरले जितेका हुन्। शर्माका प्रतिस्पर्धी नेकपा (एमाले)का कुलबहादुर गिरीले १४ हजार दुई सय २५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जानकारी दिएको छ ।

त्यस्तै, प्रदेश २ मा नेपाली कांग्रेसका सुरेश अधिकारीले २० हजार चार सय आठ मत ल्याएर विजयी भए । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका गुलाबजङ्ग शाहलाई तीन हजार सात सय ९० मतको फरक पार्दै जित हासिल गरे । शाहले १६ हजार छ सय १८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सल्यान प्रदेश १ मा ४१ हजार एक सय ७६ मत खसेकोमा ३८ हजार आठ सय २८ र प्रदेश २ मा ४१ हजार नौ सय ६७ मत खसेकोमा ४० हजार ६९ मत मत सदर भएको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ८ : ४३ बजे

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : मन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै

‘डन ३’ विवादमा रणवीर सिंह, ४५ करोड क्षतिपूर्तिको दाबीपछि ईम्पामा पुग्यो मुद्दा

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘डन ३’ बाट बाहिरिने निर्णय

शान्तिका सम्भावित उपाय खोज्दै पाकिस्तानी सेना प्रमुख मुनीर इरानमा

इस्लामावाद- पाकिस्तानका सेना तथा रक्षा बल प्रमुख फिल्ड मार्सल असिम

सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  देश, समाज र जनताको