भोजपुरका दुवै प्रदेशसभामा गठबन्धन विजयी | Khabarhub Khabarhub

भोजपुरका दुवै प्रदेशसभामा गठबन्धन विजयी


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

टक्सार– मङ्सिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा भोजपुरका दुवै क्षेत्रमा गठबन्धन दलका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा १ तर्फ प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र प्रदेशसभा २ बाट नेपाली कांग्रेसका जिल्ला सभापति विनोद बान्तवा निर्वाचित भएका हुन् ।

नेकपा (एमाले) का उम्मेदवारलाई पछि पार्दै राई र बान्तवाले विजय हासिल गरेका छन् । प्रदेशसभा १ मा मुख्यमन्त्री राईले १६ हजार एक सय १० मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेका हरिबहादुर राईले १२ हजार दुई सय २३ मत प्राप्त गरे । 

प्रदेशसभा १ मा ६४ हजार दुई सय ३६ कूल मतदाता रहँदा ३२ हजार तीन सय ३२ मत खसेको थियो भने ३० हजार नौ सय ९२ सदर र एक हजार तीन सय ४० मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।

प्रदेशसभा २ तर्फ बान्तवाले १३ हजार पाँच सय ७९ मत ल्याँउदा प्रतिस्पर्धी एमालेका खडगबहादुर कार्कीले १२ हजार आठ सय २८ मत पाएका थिए। 

सो क्षेत्रमा कूल ५९ हजार एक सय ४३ मतदाता रहेकोमा २९ हजार चार सय ७४ मत खसेको थियो । जसमा २८ हजार तीन सय २५ सदर र एक हजार एक सय ४९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको विवरणमा उल्लेख गरिएको छ ।

समानुपातिकको मत पेटिकामा केही मत परेको हुनसक्ने भएकाले सो गणना भन्दा अगाडि औपचारिक घोषणा भने नगरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रतिनिधिसभातर्फ भने मतगणना जारी छ । सो मतगणना पनि चाँडै सक्ने गरी गणना भइरहेको मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेले बताए। भोजपुरमा एक लाख २३ हजार तीन सय ७९ कूल मतदाता रहेकोमा ६२ हजार एक सय ८१ मत खसेको थियो ।

जुन  ५० दशमलव ३९ प्रतिशत हो । भोजपुरमा प्रतिनिधिसभा तर्फ १२, प्रदेशसभा १ मा ७ र प्रदेशसभा २ मा ६ जना गरी २५ उम्मेदवारले निर्वाचनमा भाग लिएका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  १ : ३० बजे

सबै आन्दोलन बन्द गरी वार्तामा आउन प्रधान सेनापतिको आग्रह

काठमाडौँ – प्रधान सेनापति अशोकराज सिग्देलले आन्दोलनकारीलाई सम्पूर्ण आन्दोलन बन्द

आफ्ना हेलिकोप्टरले नेता नबोकेको वायुसेवा सञ्चालक सङ्घको भनाइ

काठमाडौँ – वायु सेवा सञ्चालक सङ्घ नेपालले पछिल्लो राजनीतिक सङ्कटमा

जेनजीलाई पारसको आग्रह : अब नयाँ नेपालको निर्माणमा लाग्नुपर्छ

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ

पूर्वी युक्रेनमा रुसी हवाई आक्रमण : कम्तीमा २० जनाको मृत्यु

एजेन्सी – युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रमा मङ्गलबार भएको रुसी हमलामा

भक्तपुरका सार्वजनिक निकायमा ताडफोड र आगजनी

भक्तपुर – भक्तपुरमा आज भएको प्रदर्शनमा भक्तपुरको बालकोटस्थित नेकपा ९एमाले०