जनता लाई जिताउने जाँच दिन जाँदैछु : रवि लामिछाने | Khabarhub Khabarhub

जनता लाई जिताउने जाँच दिन जाँदैछु : रवि लामिछाने


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि आफू जनतालाई जिताउने जाँच दिन गइरहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै लामिछानेले राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु नभइ जाँच दिन जान सक्षम हुनु मात्रै भएको बताएका छन् ।

उनले लेखेका छन् ‘राजनीतिमा निर्वाचित हुनु भनेको बिजयी हुनु होइन। यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो। म आज बाट जाँच दिन जाँदै छु, जसको नतिजा ५ वर्ष पछि मात्र आउँछ। म जनता लाई जिताउने जाँच दिन जाँदैछु त्यसैले म अहिले नै विजय र्‍याली गर्न चाहन्न । विजय र्‍यालीको साटो आज ३ बजे, भरतपुर १०-गेस्ट हाउस चौरमा, भोलि ११ बजे  इच्छा कामना गाउँपालिका कार्यालय अगाडिको फुटबल ग्राउन्ड कुरिनटारमा र भोलि ३ बजे सहिद स्मृति क्याम्पस चौर पदमापुर कालीका मा  ‘धन्यवाद सभा गर्दैछु’। एउटा अनुरोध, कृपया  त्यहाँ आँउदा मेरा लागि फुल माला अबिर खदा केही पनि नल्याउनु होला। म आज बाटै काम थाल्दैछु। मेरो सभा हुने ठाँउहरुमा २ वटा बाकस हुनेछन। एउटा बाकसमा ‘समस्या पेटिका’ लेखिएको हुनेछ। त्यसमा  तपाईँका समस्या लेखेर खसाउनु होला। अर्को बाकसमा उजुरी, समस्या, सुझाव पेटिका  लेखिएको हुनेछ। त्यसमा, भ्रस्टाचारीका सुचना, मैले गर्नु पर्ने काम, मलाई खबरदारी लेखेर खसाउनु होला। माला, अबिर, खादामा हामीले गरेको खर्च प्रायस सबै विदेश जान्छ। केही ल्याउनै मन भए आफ्नै आँगन वा बाटोको एक थुङो फुल भए मलाई पुग्छ। म छिटोभन्दा छिटो काममा लाग्न चाहन्छु। भोट माग्न, र्‍याली गर्न आउन नभ्याएका ठाउँमा म काम गर्न आउछु’

लामिछानेले अहिले कुनै विजय र्‍याली नगर्ने भन्दै चितवन–३ का तीनवटा स्थानमा धन्यवाद र्‍याली गरिने बताएका छन् । धन्यवाद र्‍यालीमा आफूलाई फूलमाला र अबिर केही पनि नल्याउन उनले मतदाताहरूलाई आग्रह गरेका छन् ।

उनले धन्यवाद सभा गरिने भरतपुर–१० गेस्टहाउस चोक, इच्छाकामना गाउँपालिका कार्यालय अगाडिको फुटबल ग्राउन्ड कुरिनटार र कालिका नगरपालिकाको शहीद स्मृति क्याम्पस चौर पदमापुरमा समस्या र सुझाव गरी दुईवटा पेटिका समेत राखिने बताएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  २ : ३० बजे

बिटक्वाइनको कारोबारमा उच्च वृद्धि

टोकियो- अनुकूल अमेरिकी कानून र शेयरबजारमा भएको वृद्धिका कारण बिटक्वाइनले

मधेस प्रदेश लोकसेवा आयोगको दोहोरो नीतिले बढुवामा समस्या

जनकपुरधाम– मधेस प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिका कारण मधेस

लोसपाका पूर्वमहामन्त्री यादव कांग्रेसमा प्रवेश, देउवाले दिए सदस्यता कार्ड

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका पूर्वमहामन्त्री देवेन्द्रकुमार यादवले नेपाली

लोमसको टिनिडाजोल ट्याब्लेज कम गुणस्तर भएको भन्दै बजारबाट फिर्ता गर्न विभागको निर्देशन 

काठमाडौं– काठमाडौंस्थित लोमस फार्मास्युटिकलद्धारा उत्पादित टिनिडाजोल ट्याब्लेट गुणस्तरहीन भेटिएको भन्दै

वर्षे धानको न्यूनतम समर्थन मूल्य तोकेसहित यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं– सरकारले चालु आर्थिक वर्षको लागि वर्षे धानको न्यूनतम समर्थन