बिदा भए खोटाङका म्यादी प्रहरी | Khabarhub Khabarhub

बिदा भए खोटाङका म्यादी प्रहरी


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

खोटाङ – निर्वाचनका लागि नियुक्ती भएका म्यादी प्रहरी बिदा भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गत ३० असोजमा नियुक्ती भएका म्यादी प्रहरीलाई बिहिबार एकैसाथ बिदा गरिएको हो ।

निर्वाचनको सुरक्षार्थ खटाउनका लागि खोटाङमा भर्ना गरिएका एक हजार १७६ जना म्यादी प्रहरीलाई विदा गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारुङले बताए ।

४० दिनका लागि भर्ना गरिएका म्यादी प्रहरीले ड्युटीका क्रममा बोकेका लठ्ठी बुझाएर प्रमाण–पत्र बुझेर घर फर्किएका छन् । जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय हलेसी, इलाका प्रहरी कार्यालय ऐसेलुखर्क, इलाका प्रहरी कार्यालय बाक्सिला, इलाका प्रहरी कार्यालय खोटाङबजार, इलाका प्रहरी कार्यालय चिसापानीलगायतका यूनिटबाट म्यादी प्रहरीको बिदाई गरिएको छ । दिक्तेलबजारमा विजय जुलुस निकालिइरहँदा जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीको भव्य विदाई भइरहेको थियो ।

घर फर्कंन लागेका म्यादी प्रहरीले जिल्ला प्रहरी कार्यालयको प्रांगणमा सामुहिक तस्बिर कैंद गरिरहेको दृश्य देखिएको थियो । कतिपयले सेल्फी खिचिरहेका थिए । कतिपयले म्यादी प्रहरीको रुपमा काम गर्न ‘मज्जा भएको’ प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ९ : ५२ बजे

विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित पक्राउ

काठमाडौं– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित

प्रभासको फिल्म ‘द राजा साब’को टिजरले पायो चर्चा, दर्शकबाट मिश्रित प्रतिक्रिया

काठमाडौं – दक्षिण भारतीय नायक प्रभासको आगामी फिल्म ‘द राजा

गाजामा इजरायली आक्रमणमा ३० जनाको मृत्यु

एजेन्सी – गाजा पट्टीका धेरै क्षेत्रमा सहायता खोज्नेहरू, घरहरू र

भोटेकोशी र सुनकोशीमा बाढीको खतरा, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोक जिल्ला भएर बग्ने भोटेकोशी

इजरायल र अमेरिकालाई खामेनीको सन्देश- जबरजस्ती थोपरिएको युद्ध र शान्ति दुवै मान्दैनौँ

तेहरान– इरानका सर्वोच्च नेता अयातोल्ला अली खामेनीले बुधबार एक महत्त्वपूर्ण