बिदा भए खोटाङका म्यादी प्रहरी « Khabarhub

बिदा भए खोटाङका म्यादी प्रहरी


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

खोटाङ – निर्वाचनका लागि नियुक्ती भएका म्यादी प्रहरी बिदा भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गत ३० असोजमा नियुक्ती भएका म्यादी प्रहरीलाई बिहिबार एकैसाथ बिदा गरिएको हो ।

निर्वाचनको सुरक्षार्थ खटाउनका लागि खोटाङमा भर्ना गरिएका एक हजार १७६ जना म्यादी प्रहरीलाई विदा गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारुङले बताए ।

४० दिनका लागि भर्ना गरिएका म्यादी प्रहरीले ड्युटीका क्रममा बोकेका लठ्ठी बुझाएर प्रमाण–पत्र बुझेर घर फर्किएका छन् । जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय हलेसी, इलाका प्रहरी कार्यालय ऐसेलुखर्क, इलाका प्रहरी कार्यालय बाक्सिला, इलाका प्रहरी कार्यालय खोटाङबजार, इलाका प्रहरी कार्यालय चिसापानीलगायतका यूनिटबाट म्यादी प्रहरीको बिदाई गरिएको छ । दिक्तेलबजारमा विजय जुलुस निकालिइरहँदा जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीको भव्य विदाई भइरहेको थियो ।

घर फर्कंन लागेका म्यादी प्रहरीले जिल्ला प्रहरी कार्यालयको प्रांगणमा सामुहिक तस्बिर कैंद गरिरहेको दृश्य देखिएको थियो । कतिपयले सेल्फी खिचिरहेका थिए । कतिपयले म्यादी प्रहरीको रुपमा काम गर्न ‘मज्जा भएको’ प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ९ : ५२ बजे

चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

भरतपुर – चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

बजेट निर्माणमा सुधार, ढिला गर्ने स्थानीय तहको संख्या घट्यो

काठमाडौं – स्थानीय तहको बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन भूमि

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

लन्डन – होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने एउटा जहाजमाथि शनिबार

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै

आजका समाचार : होल्डिङ सेन्टरबाट एक जना पक्राउ विद्यार्थी संगठन हटाउन त्रिविको निर्देशन, मनाइयो असार १५ र भेनेजुएलालाई चीनको सहायता

राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृतराष्ट्रिय सभाको बैठकले