बर्दिया-१ (ख) बाट नागरिक उन्मुक्ति पार्टीका चौधरी निर्वाचित « Khabarhub

बर्दिया-१ (ख) बाट नागरिक उन्मुक्ति पार्टीका चौधरी निर्वाचित


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बर्दिया – बर्दिया क्षेत्र नं १ (ख) मा नागरिक उन्मुक्ति पार्टीका राजकुमार चौधरी विजयी भएका छन्।

उनले १३ हजार दुई सय ३० मत ल्याएर विजयी भए भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका भक्तबहादुर विश्वकर्माले १२ हजार एक सय ८३ मत प्राप्त गरे।

चौधरी एक हजार ४७ मतको अन्तरले विजयी हुन सफल भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बर्दियाले जनाएको छ। गठबन्धनबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएको अञ्जु दहितले ११ हजार चार सय ९० मत पाएका छन्। दहित बारबर्दिया नगरपालिकाकी पूर्वउपप्रमुख छन्।

बर्दियामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभाकै मतपरिणाम सार्वजनिक भइसकेको छ। प्रतिनिधिसभा–१ मा कांग्रेसका सञ्जयकुमार गौतम, क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवार नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार लालवीर चौधरी, क्षेत्र नं १ (१)का सदस्य कांग्रेसका भुवनेश्वर चौधरी, १ (२) मा नागरिक उन्मुक्ति पार्टीका चौधरी र क्षेत्र नं २ (१)मा जन्मजय तिमिल्सेना र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी क्षेत्र नं २ (२)मा विजयी भएका छन्।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ९ : २० बजे

विश्वकपमा तन्त्रमन्त्रको घमासान : पेरुका झाँक्रीले फुकाए घानाका झाँक्रीको ‘श्राप’

काठमाडौं- अमेरिका, क्यानडा र मेक्सिकोमा जारी सन् २०२६ को फिफा

नेतृत्वको कमजोरीले कम्युनिष्ट आन्दोलन कमजोर बन्यो : जनार्दन शर्मा

काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेतृत्व तहमा

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौं– आज असार १५, राष्ट्रिय धान दिवस । देशभर किसान

विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालत लगियो

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेललाई म्याद थपका

सुकी जीवित भएको प्रमाण माग

एजेन्सी– म्यान्माकी बन्दी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीका कान्छा छोरा