विश्वमा आज : मुम्बइमा अतिवादी हमला भएको त्यो दिन « Khabarhub

विश्वमा आज : मुम्बइमा अतिवादी हमला भएको त्यो दिन


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २६ नोभेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

विश्वको पहिलो छाल स्टेसन
विश्वकै पहिलो छाल स्टेसन सन् १९६६ मा फ्रान्समा खुलेको थियो । स्टेसनको उद्घाटन २६ अक्टोबरमा तत्कालीन राष्ट्रपति चाल्र्स डी गाउलीले गरेका थिए । यो अहिले पनि विश्वकै सबैभन्दा ठूलो छाल स्टेसन हो ।

मुम्बइमा अतिवादी हमला
सन् २००८ को २६ नोभम्बरमा मुम्बइमा अतिवादी हमला भएको थियो । पाकिस्तानस्थित अतिवादी समूह लस्कर ए तोइबाका लडाकुले मुम्बईका विभिन्न स्थानमा शृंखलाबद्ध हमला गरेका थिए । तीन दिनसम्म भएका ती हमलामा १७४ जनाको मृत्यु ।

फ्रान्सको पहिलो कृत्रिम स्याटलाइट
सन् १९६५ मा फ्रान्सले पृथ्वीको अक्षमा एउटा कृत्रिम स्याटलाइट एस्टेरिक्स पठाएको थियो । अमेरिका, रुस, बेलायत, क्यानडा र इटालीपछि पृथ्वीको अक्षमा कृत्रिम स्याटलाइट पठाउने फ्रान्स छैंटौं देश बनेको थियो । फ्रान्सेली लेखक रेने गोस्सिनीको हास्य पात्रको नाममा स्याटलाइट राखिएको थियो ।

एउटा रहस्यमयी चोरी
सन् १९८३ मा बेलायतको एउटा भण्डारगृहमा एउटा रहस्यमय चोरी भएको थियो, जसको अहिलेसम्म पनि केही तथ्य बाहिर आउन सकेको छैन । २६ नोभेम्बरमा हिथ्रो विमानस्थलको ब्रिंक म्याट भन्डारगृहबाट २ करोड ६० लाख युरो मूल्य बराबरको सुन, चाँदी र केही रकम चोरी भएको थियो । यो चोरी कान्ड अहिलेसम्म पनि रहस्यमय बनेको छ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ७ : ३४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै