विश्वमा आज : मुम्बइमा अतिवादी हमला भएको त्यो दिन « Khabarhub

विश्वमा आज : मुम्बइमा अतिवादी हमला भएको त्यो दिन


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २६ नोभेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

विश्वको पहिलो छाल स्टेसन
विश्वकै पहिलो छाल स्टेसन सन् १९६६ मा फ्रान्समा खुलेको थियो । स्टेसनको उद्घाटन २६ अक्टोबरमा तत्कालीन राष्ट्रपति चाल्र्स डी गाउलीले गरेका थिए । यो अहिले पनि विश्वकै सबैभन्दा ठूलो छाल स्टेसन हो ।

मुम्बइमा अतिवादी हमला
सन् २००८ को २६ नोभम्बरमा मुम्बइमा अतिवादी हमला भएको थियो । पाकिस्तानस्थित अतिवादी समूह लस्कर ए तोइबाका लडाकुले मुम्बईका विभिन्न स्थानमा शृंखलाबद्ध हमला गरेका थिए । तीन दिनसम्म भएका ती हमलामा १७४ जनाको मृत्यु ।

फ्रान्सको पहिलो कृत्रिम स्याटलाइट
सन् १९६५ मा फ्रान्सले पृथ्वीको अक्षमा एउटा कृत्रिम स्याटलाइट एस्टेरिक्स पठाएको थियो । अमेरिका, रुस, बेलायत, क्यानडा र इटालीपछि पृथ्वीको अक्षमा कृत्रिम स्याटलाइट पठाउने फ्रान्स छैंटौं देश बनेको थियो । फ्रान्सेली लेखक रेने गोस्सिनीको हास्य पात्रको नाममा स्याटलाइट राखिएको थियो ।

एउटा रहस्यमयी चोरी
सन् १९८३ मा बेलायतको एउटा भण्डारगृहमा एउटा रहस्यमय चोरी भएको थियो, जसको अहिलेसम्म पनि केही तथ्य बाहिर आउन सकेको छैन । २६ नोभेम्बरमा हिथ्रो विमानस्थलको ब्रिंक म्याट भन्डारगृहबाट २ करोड ६० लाख युरो मूल्य बराबरको सुन, चाँदी र केही रकम चोरी भएको थियो । यो चोरी कान्ड अहिलेसम्म पनि रहस्यमय बनेको छ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ७ : ३४ बजे

उस्तै छ भविष्य खोज्न विदेशिनेको लर्को (तस्बिरहरू)

काठमाडौं– देशमा नयाँ सरकार आए पनि विदेशिने युवाहरूको लर्को उस्तै

बुढानीलकण्ठ विद्यालय प्रकरणमा विद्यालय र अभिभावक संगठनको स्पष्टीकरण, भ्रामक प्रचार नगर्न आग्रह

काठमाडौं– बुढानीलकण्ठ विद्यालयमा विद्यार्थीमाथि शारीरिक तथा मानसिक यातना दिइएको भन्ने

कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी

नेपाल–चीनबीचको सहकार्य र आपसी विश्वासलाई अझ सुदृढ बनाउने छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं– वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले अन्तर्राष्ट्रिय उत्कृष्ट सांस्कृतिक