तेजुलाल चौधरी प्रतिनिधिसभा सांसदमा पुन: निर्वाचित « Khabarhub

तेजुलाल चौधरी प्रतिनिधिसभा सांसदमा पुन: निर्वाचित


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका तेजुलाल चौधरी निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृत विश्वबन्धु पौडेलका अनुसार चौधरीले २३ हजार चार सय ९१ मत प्राप्त गरी निर्वाचित भएका हुन् । निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर-४, सप्तरीले जनाएअनुसार उनका निकटतम प्रतिद्वन्द्वी जसपाका बालकिशोर यादवले १७ हजार नौ सय ७७ मत प्राप्त गरे ।

गत प्रतिनिधिसभा र संविधानसभाको निर्वाचनमा समेत चौधरी यस क्षेत्रबाट विजयी भएका थिए । यो नतिजा आएसँगै सप्तरीको प्रत्यक्षतर्फ सबै परिणाम घोषणा भएको छ । जसअनुसार प्रतिनिधिसभामा कांग्रेस दुई, जनमत र जसपा पार्टी एक÷एक स्थानमा विजयी भएको छ ।

प्रदेशसभामा जनमत पार्टीले चार, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (एस) र स्वतन्त्रले एक-एक सदस्यमा जित हासिल गरेको छ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ८ : ५९ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

न्युक्यासल युनाइटेडसँग चेल्सी पराजित

काठमाडौँ – प्रिमियर लिगमा न्युक्यासल युनाइटेडसँग चेल्सी पराजित भएको छ

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एल्चेको पोस्टमा रियल मड्रिडले गर्‍यो चार गोल

काठमाडौँ – स्पेनिस ला लिग अन्तर्गत गएराति भएको खेलमा रियल

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९आइतबार० का लागि विदेशी