विश्व कप : अस्ट्रेलियासँग ट्युनिसिया पराजित « Khabarhub

विश्व कप : अस्ट्रेलियासँग ट्युनिसिया पराजित


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व कप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई पराजित गरेको छ । कतारको अल जनौब रङ्गशालामा भएको खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई १-० गोलले पराजित गरेको हो । अस्ट्रेलियाका लागि २३औं मिनेटमा माइकल डुकले गरेको गोल नै निर्णायक बन्यो ।

यससँगै  समूह ‘डी’ मा रहेको अस्ट्रेलिया २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । २ खेलमा १ अंक रहेको ट्युनिसिया पुछारमा छ । अस्ट्रेलिया पहिलो खेलमा फ्रान्ससँग ४-१ गोलले पराजित भएको थियो । यस्तै ट्युनिसियाले डेनमार्कसँग बराबरी खेलेको थियो ।

समूह ‘डी’ कै फ्रान्स र डेनमार्कको खेल आज राति पौने १० बजे हुनेछ । यस्तै आजको दोस्रो खेलमा समूह ‘सी’ को पोल्यान्ड र साउदी अरेबिया बेलुका पौने ७ बजे खेल्दैछन् ।

आज राति नै अर्जेन्टिना र मेक्सिको पनि खेल्दैछन् । अर्जेन्टिना र मेक्सिकोबीचको खेल राति पौने १ बजे सुरु हुनेछ । 

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ६ : ३७ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी