जापानमा भारी वर्षापछि २० लाखलाई सुरक्षित स्थानमा जान निर्देशन « Khabarhub

जापानमा भारी वर्षापछि २० लाखलाई सुरक्षित स्थानमा जान निर्देशन


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानमा भारी वर्षापछि करिब २० लाखलाई सुरक्षित स्थानतर्फ जान निर्देशन जारी गरिएको छ ।

दक्षिण जापानको क्युशु टापुको कागोशिमा र मियाजाकी प्रान्तमा १० लाख २० हजारभन्दा धेरैलाई सुरक्षित स्थानमा सार्न निर्देशन जारी गरिएको हो । त्यसबाहेक ९ लाख ३० हजारलाई पनि सुरक्षित स्थानमा सर्न सल्लाह दिइएको छ । यद्यपि कति जना सुरक्षित स्थानतर्फ सरेका छन् भन्नेबारे केही खुलाइएको छैन ।

गत शुक्रबारबाट हालसम्म १ हजार मिलिमिटर वर्षा भएको र आगामी केही दिनमा योभन्दा भारी वर्षा हुने त्यहाँको मौसम विभागले जनाएको छ । भारी वर्षापछिको बाढी र पहिरोका कारण जनजीवन अस्तव्यस्त भएको जनाइएको छ ।

वर्षाका कारण क्युशु टापुका नदीको सतह बढेको र विशाल क्षेत्र डुबानमा परेको जापानको एनएचके समाचार संस्थाले जनाएको छ । अविरल वर्षापछि सुरक्षा निकाय र उद्धारकर्मीहरु मानिसहरुलाई सुरक्षित स्थानतर्फ सार्ने तयारीका लागि जुटेका बताइएको छ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ५ : २२ बजे

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत

‘महामन्त्रीमा मेरो जित निश्चित छ’

काठमाडौं– आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

कांग्रेस महाधिवेशन : अमरसिंह पुनले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले