महोत्तरी : दुईवटामा गठबन्धन र एउटामा एमाले विजयी « Khabarhub

महोत्तरी : दुईवटामा गठबन्धन र एउटामा एमाले विजयी


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – महोत्तरीमा तीन वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ । जसमध्ये दुईवटा निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् भने एउटामा एमाले विजयी भएको छ ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा एमालेका लक्ष्मी महतो विजयी भएका छन् । उनले माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराए । क्षेत्र नम्बर २ र ३ मा भने लोसपा विजयी भएको छ । क्षेत्र नम्बर ३ मा सरदसिंह भण्डारी र ३ मा महन्थ ठाकुर विजयी भएका हुन् ।

भण्डारीले निकटतम प्रतिस्पर्धी विजयकुमार सिंहलाई पराजित गरेका हुन् । ठाकुरले जसपाका हरिनारायण यादवलाई १२ सय ५० मतान्तरले पराजित गरेका छन् । क्षेत्र नम्बर ४ को मतगणना भने जारी छ । यहाँ गठबन्धनबाट महेन्द्रकुमार राय र जसपाका सुरेन्द्रकुमार यादवबीच प्रतिस्पर्धा भइरहेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  १२ : ४६ बजे

अशक्तलाई घरमै नागरिकता

काभ्रेपलाञ्चोक– जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अशक्त एवं अपाङ्गता भएका व्यक्तिलाई घरमै

रास्वपा महाधिवेशन : निर्वाचनअघि हलभित्रै नाचगानमा मन्त्रीदेखि पदाधिकारीसम्म

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय

रूसले भन्यो : आणविक हतियारले मात्र विश्वलाई जोगाउन सक्छ

एजेन्सी– रूसले आणविक हतियारलाई विश्वलाई सम्भावित विश्वयुद्धबाट जोगाउने ‘एकमात्र’ माध्यमका

इरानी आणविक केन्द्रमा फेरि आईएईए निरीक्षण हुने संकेत

टोकियो– संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक

ताकम र शिवाङमा सडक कालोपत्र

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकम र शिवाङमा पालिकामै पहिलोपटक सडक कालोपत्र