विश्व इतिहासमा आज : पूर्वी टिमोर स्वतन्त्रदेखि तेहरान सम्मेलनसम्म « Khabarhub

विश्व इतिहासमा आज : पूर्वी टिमोर स्वतन्त्रदेखि तेहरान सम्मेलनसम्म


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज सन् २०२२ को २८  नोभेम्बर। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण सामाजिक तथा राजनीतिक घटनाक्रम :

गणतन्त्र दक्षिण ओसेटिया घोषणा
सन् १९९१ मा जर्जियाको विवादास्पद क्षेत्र ओसिटियाले आफूलाई गणतन्त्र दक्षिण ओसेटिया घोषणा गरेको थियो। ओसेटियाको स्वतन्त्रतालाई जर्जियाले मान्यता नदिएपछि दक्षिण ओसेटियामा युद्ध भएको थियो। रसिया भेनेजुएलालगायात केही देशहरुले मात्र ओसेटियालाई सार्वभौम देशको मान्यता दिएका छन्।

पूर्वी टिमोर स्वतन्त्र
सन् १९७५ मा पूर्वी टिमोर स्वतन्त्र भएको थियो। पूर्वी टिमोर लामाो समयदेखि पोर्चुगलको अधीनमा थियो।

मंगल ग्रहमा नासाको यान
सन १९६४ मा अमेरिकी अन्तरिक्ष निकाय नासाले मंगलग्रहमा म्यारिनर ४ नामक यान पठाएको थियो। मंगल ग्रहबाट तस्बिर खिचेर पृथ्वीमा पठाउने पहिलो यान हो।

तेहरानबारे सम्मेलन
सन् १९४३ मा अमेरिका, बेलायत, सोभियत युनियनबीच इरानको राजधानी तेहरानस्थित सोभियत दुतावासमा तेहरान सम्मेलन सम्पन्न भएको थियो। सम्मेलनले युरोप र एशियासँग कसरी कूटनीतिक कदम चाल्ने भन्ने बारेमा छलफल भएको थियो। सम्मेलनमा दोस्रो विश्वयुद्धको समयमा जर्मनविरुद्ध दोस्रो मोर्चा बनाउने बारेमा योजना गरिएको थियो।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ६ : ३० बजे

प्रधानमन्त्री बनाउनु पर्ने सर्तमा रविलाई नेता मान्‍न बालेन तयार

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

ओडिसामा गोली हानाहान, शीर्ष कमाण्डरसहित छ जना नक्सालवादी विद्रोहीको मृत्यु

नयाँदिल्ली– पूर्वी भारतीय राज्य ओडिसामा भएको प्रहरीसँगको गोली हानाहानमा मारिएका

ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकको अधिकारप्रति संवेदनशील हुँदै

जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते

अर्घाखाँची– भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना

देउवा र ओलीपछि प्रचण्डसँग सञ्चारमन्त्री खरेलको वार्ता

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार एकै दिन