नन्दा देवी पर्वतको आरोहणका क्रममा ज्यान गुमाएका ७ जनाको शव पिथौरागढ ल्याइयो « Khabarhub

नन्दा देवी पर्वतको आरोहणका क्रममा ज्यान गुमाएका ७ जनाको शव पिथौरागढ ल्याइयो


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

देहरादून– भारतको दोश्रो अग्लो शिखर नन्दा देवी हिमाल आरोहणका क्रममा ज्यान गुमाएका ८ मध्ये ७ पर्वतारोहीको शव हेलिकोप्टरबाट ल्याइएको छ ।

उत्तराखण्ड राज्यमा पर्ने नन्दा देवी हिमालबाट उद्धारकर्ताले उनीहरुको शव नजिकैको शहर पिथौरागढ ल्याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गत मे महिनामा नन्दा देवी आरोहण लागि गएका ८ पर्वतारोही हिमपहिरोमा परेका थिए । हिमपहिरोमा परेका आरोही पर्वतको आधार शिविरतर्फ नपुगेकाले उनीहरुको मृत्यु भएको जनाइएको थियो । आरोहण दलमा ४ बेलायती, २ अमेरिकी तथा भारत र अष्टे«लियाका एक एक आरोही थिए ।

उद्धारकर्ताले ८ मध्ये ७ आरोहीको शव फेला पारेका थिए । प्रतिकूल मौसमका कारण आठौ शवको खोजीकार्य स्थगित गरिएको जनाइएको छ । शव फेला परेका मध्ये २ जनाको मात्र पहिचान भएको र अन्यको शव पहिचान हुन समय लाग्ने अधिकारीले जनाएका छन् । शवको पहिचान भइसकेपछि आफन्तलाई जिम्मा लगाइनेछ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ९ : १८ बजे

हिन्दू राष्ट्रबारे गृहमन्त्रीले सहमति गरे या मागपत्र बुझे ?, १३ बुँदे दस्तावेजले अर्को तरङ्ग

काठमाडौं- जनकपुरधाममा गृहमन्त्री सुधन गुरुङ र संयुक्त हिन्दू मोर्चाबीच भएको

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

काठमाडौं– सोलुखुम्बुको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन

साउदी युवराजले दिएका थिए इरानमाथि आक्रमण रोक्न ट्रम्पलाई दबाब

काठमाडौं- इरानमाथिको आक्रमण रोक्न साउदी अरेबियाका युवराज तथा प्रधानमन्त्री मोहम्मद

हिन्दू राष्ट्रको मागमा सहमति संविधानविपरीत : सुदन किराती

काठमाडौं- श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किरातीले

पूर्वराष्ट्रपति भण्डारीले गरिन् नेकपा सहसंयोजक नेपाललाई सम्मान

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका सहसंयोजक माधवकुमार नेपाललाई सम्मान गरेकी