नन्दा देवी पर्वतको आरोहणका क्रममा ज्यान गुमाएका ७ जनाको शव पिथौरागढ ल्याइयो | Khabarhub Khabarhub

नन्दा देवी पर्वतको आरोहणका क्रममा ज्यान गुमाएका ७ जनाको शव पिथौरागढ ल्याइयो


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

देहरादून– भारतको दोश्रो अग्लो शिखर नन्दा देवी हिमाल आरोहणका क्रममा ज्यान गुमाएका ८ मध्ये ७ पर्वतारोहीको शव हेलिकोप्टरबाट ल्याइएको छ ।

उत्तराखण्ड राज्यमा पर्ने नन्दा देवी हिमालबाट उद्धारकर्ताले उनीहरुको शव नजिकैको शहर पिथौरागढ ल्याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गत मे महिनामा नन्दा देवी आरोहण लागि गएका ८ पर्वतारोही हिमपहिरोमा परेका थिए । हिमपहिरोमा परेका आरोही पर्वतको आधार शिविरतर्फ नपुगेकाले उनीहरुको मृत्यु भएको जनाइएको थियो । आरोहण दलमा ४ बेलायती, २ अमेरिकी तथा भारत र अष्टे«लियाका एक एक आरोही थिए ।

उद्धारकर्ताले ८ मध्ये ७ आरोहीको शव फेला पारेका थिए । प्रतिकूल मौसमका कारण आठौ शवको खोजीकार्य स्थगित गरिएको जनाइएको छ । शव फेला परेका मध्ये २ जनाको मात्र पहिचान भएको र अन्यको शव पहिचान हुन समय लाग्ने अधिकारीले जनाएका छन् । शवको पहिचान भइसकेपछि आफन्तलाई जिम्मा लगाइनेछ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ९ : १८ बजे

मोरङको लेटाङमा नेपालकै सबैभन्दा ठूलो जाँतो !

लेटाङ, मोरङ — आधुनिक प्रविधिको विकाससँगै मानिसले दैनिक प्रयोग गर्न

रास्वपालाई कांग्रेसको जवाफ- भिजिट भिसा प्रकरणलाई मानव तस्करीसँग जोडेर हेर्न मिल्दैन

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणलाई

बाँकेको खजुराबाट ४ लाख बढीको धनमाल चोरी

बाँके– खजुरा गाउँपालिका-७ गुनाहाना बस्ने ३२ वर्षीया फातिमा खातुनको घरबाट नगद

पोखरीमा डुबेर तीन वर्षीय बालकको मृत्यु

बारा– कोल्हवी नगरपालिका-५ रामवनटोल बस्ने रत्न बहादुर तामाङको छोरा तीन वर्षीय युवान

सन्तोषनारायणको निवेदन खारेज, अनलाइनले समाचार हटाउनु नपर्ने

काठमाडौं- जिल्ला अदालत काठमाडौंले नेपालखबर डटकम र बिजमान्डु डटकमले प्रकाशित