वडाध्यक्ष जोशीको निधन « Khabarhub

वडाध्यक्ष जोशीको निधन


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

डोटी – डोटीको पूर्वीचौकी गाउँपालिका–६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको गए राति निधन भएको छ। उनको हृदयघातका कारण निधन भएको हो।

बुधबार गाउँपालिकाको बैठक सकेर फर्किने क्रममा ६५ वर्षीय जोशी बाटोमा एक्कासी बेहोस भएर ढलेको पूर्वीचौकी–४ का वडाध्यक्ष बलबहादुर खड्काले जानकारी दिए।

उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै निधन भएको हो। उनको हृदयघातकै कारण निधन भएको जिल्ला अस्पतालका डा सोहन शाहले बताए।

जोशी गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएको थिए।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ७ : ५१ बजे

मानवीय संवेदनामाथि डोजर चलाएर विकास हुँदैन : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकार

गरिब बिना देश चल्छ ? : हर्क साम्पाङ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गरिबलाई लखेटेर कहीँ

बादलले सेनाको विरोध गर्दा प्रतिकार उत्रिए रास्वपा र राप्रपा

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले मंगलबार

नीति तथा कार्यक्रम बनाउँदा प्रतिपक्षी दलसँग सल्लाह गरिएन : हर्के साम्पाङ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नीति तथा कार्यक्रम

संसद्‍मा उभिए हर्कले सोधे : यो देशमा प्रधानमन्त्री छ कि छैन ?

काठमाडौं- श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले वालेन्द्र शाह नेतृत्वको सरकारमाथि