भूतपूर्व गोर्खा र बेलायत सरकारबीच दोस्रो चरणको वार्ता सम्पन्न | Khabarhub Khabarhub

भूतपूर्व गोर्खा र बेलायत सरकारबीच दोस्रो चरणको वार्ता सम्पन्न


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

लण्डन – भूपू गोर्खाको माग सम्बोधनका लागि नेपाल सरकार र बेलायत सरकारबीच दोस्रो चरणको वार्ता सम्पन्न भएको छ ।

बुधबार लण्डनस्थिति नेपाली दूतावासमा करिब दुई घण्टासम्म चलेको वार्तामा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालयका पदाधिकारी र भूतपूर्व गोर्खाका प्रतिनिधिको सहभागिता रहेको नेपाली दूतावासले जनाएको छ ।

गोर्खाको समस्या समाधानका लागि तय गरिएको यो बैठकलाई प्राविधिकस्तरको बैठकका रूपमा हेरिएको छ । बैठकमा भूपू गोर्खाको मुख्य माग पेन्सनका विषयमा विस्तृत छलफल भएको र रक्षा मन्त्रालयका पेन्सनसम्बन्धी विभागका पदाधिकारीसँग पुनः अर्को बैठक छिट्टै गरिने सहमति भएको दूतावासकी उपनियोग प्रमुख रोशना खनालले जानकारी दिए ।

बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली दूतावास उपनियोग प्रमुख रोशन खनाल, द्वितीय सचिव रामबाबु नेपाल र बेलायती रक्षा मन्त्रालयको तर्फबाट आर्मर्ड फोर्सेस पिपुल सपोर्ट डिभिजनका जेम्स ग्रीनरड, जेनेभिभ होर्स्टेड, जेन्ना क्लेयर, म्याथ्यु लियोन, ब्रिगेड अफ गोर्खाज हेडक्वार्टरका कर्णेल डेभिड रविन्सन, इन्टरनेशनल पोलिसी एन्ड स्ट्राटेजीका स्क्वाड्रोन लिडर गेभिन रिचार्डसन र आर्मर्ड फोर्सेस पारिश्रमिक विभागकी नाजिया लोधी, भूतपूर्व गोर्खाको तर्फबाट मेजर(अप्रा) जुदबहादुर गुरुङ, मेजर (अप्रा) टिकेन्द्र दल देवान र मेजर(अप्रा) उदयबहादुर गुरुङ सहभागी हुनुभएको दूतावासले जनाएको छ।

तेस्रो वार्ता डिसेम्बर दोस्रो सातासम्म गर्ने गरी बैठक सम्पन्न भएको बताइएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  १० : २३ बजे

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी

हस्ताक्षर अभियानबारे योगेशको टिप्पणी- यो चलिरहने संसदीय अभ्यास हो, गोकुलले भने- बोलाएर आएँ, अरू थाहा भएन

काठमाडौं- उपसभामुख इन्दिरा राना मगरलाई हटाउन महाभियोग लगाउने प्रयोजनका लागि

चीन–भारत सम्बन्ध ‘सकारात्मक प्रवृत्ति’ मा रहेको वाङ यीको भनाइ

नयाँ दिल्ली- चीन र भारतबीचको सम्बन्ध सहयोगको दिशामा ‘सकारात्मक प्रवृत्ति’

रिलायन्स स्पिनिङ मिल्सको नाफा ४२ प्रतिशतले बढ्यो

काठमाडौं– रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८१/८२ मा उद्योगले अघिल्लो

हुलाक टिकटमा सरदार भीमबहादुर पाँडे

काठमाडौं– हुलाक सेवा विभागले सरदार भीमबहादुर पाँडेको तस्बिर अङ्कित हुलाक