जब सालनालसहित शिशु भेटियो… « Khabarhub

जब सालनालसहित शिशु भेटियो…


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

सिराहा – सिराहाको  दक्षिणवर्ती बरियापट्टी गाउँपालिकामा सालनालसहित बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ। बिहीबार बिहान बरियारपट्टी गाउँपालिका-३ बजारदेखि ७००  मिटर पश्चिम र दक्षिणमा कपडामा पोकोपारी राखिएको अवस्थामा नवजात शिशु भेटिएको हो।

स्थानीय अधिकलाल यादव खेत गएको बेला बच्चा रोएको आवाज सुनेपछि उनले गाउँले र प्रहरीलाई खबर गरेका थिए। खबर पाउनासाथ इलाका प्रहरी कार्यालय बरियापट्टीबाट पुगेको प्रहरी टोलीले नवजात शिशुलाई उद्धार गरी स्वास्थ्य चौकी बरियारपट्टी पुर्‍याएका प्रहरीले जनाएको छ।

शिशु छोरा रहेको २ किलो ८ सय ग्राम तौल रहेको र स्वास्थ्य अवस्था राम्रो रहेको स्वास्थ्यकर्मीले जानकारी दिए। शिशुलाई जिल्ला अस्पताल सिराहा पठाउने तयारी भइरहेको बताइएको छ।

अवैध सम्बन्धका कारण बच्चा जन्मिएका कारण फालेको हुनसक्ने स्थानीयले अनुमान गरेको छ। लोक लाजका कारण बच्चाको आमाले राख्न नसक्ने  भएकाले पनि फालेका हुनसक्ने जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी शुभाष बुढाथोकीले बताए।

नवजात शिशु कसको र किन फ्यालिएको सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी बुढाथोकीले बताए।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  १२ : ३० बजे

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी र एस्टन भिल्लाले साविक विजेता पीएसजीसँग खेल्ने

काठमाडौं- युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिगको

रसुवा बाढीमा लमजुङका १० जना सम्पर्कविहीन

लमजुङ– रसुवा बाढीमा परी लमजुङका १० जना सम्पर्कविहीन भएका छन्

रसुवागढी जलविद्युत केन्द्रभित्र फसेका चारजना कर्मचारीको भयो उद्धार

काठमाडौं– रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार कर्मचारीको सकुशल उद्धार भएको

 ११७ जना विदेशी पर्यटकको उद्धार

काठमाडौं– भोटेकोशीको विनाशकारी बाढीमा परेर अलपत्र भएकामध्ये ११७ जना विदेशी

धुन्चेका वडाध्यक्ष भन्छन, ‘बाढी आइरहेको छ तर वेग बुधबारको जस्तो बलियो छैन’

काठमाडौं– शुक्रबार भोटेकोशी नदीमा आएको बाढी रसुवाको स्याप्रुबेंसीभन्दा तल आइपुगेको