जब सालनालसहित शिशु भेटियो... | Khabarhub Khabarhub

जब सालनालसहित शिशु भेटियो…


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

सिराहा – सिराहाको  दक्षिणवर्ती बरियापट्टी गाउँपालिकामा सालनालसहित बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ। बिहीबार बिहान बरियारपट्टी गाउँपालिका-३ बजारदेखि ७००  मिटर पश्चिम र दक्षिणमा कपडामा पोकोपारी राखिएको अवस्थामा नवजात शिशु भेटिएको हो।

स्थानीय अधिकलाल यादव खेत गएको बेला बच्चा रोएको आवाज सुनेपछि उनले गाउँले र प्रहरीलाई खबर गरेका थिए। खबर पाउनासाथ इलाका प्रहरी कार्यालय बरियापट्टीबाट पुगेको प्रहरी टोलीले नवजात शिशुलाई उद्धार गरी स्वास्थ्य चौकी बरियारपट्टी पुर्‍याएका प्रहरीले जनाएको छ।

शिशु छोरा रहेको २ किलो ८ सय ग्राम तौल रहेको र स्वास्थ्य अवस्था राम्रो रहेको स्वास्थ्यकर्मीले जानकारी दिए। शिशुलाई जिल्ला अस्पताल सिराहा पठाउने तयारी भइरहेको बताइएको छ।

अवैध सम्बन्धका कारण बच्चा जन्मिएका कारण फालेको हुनसक्ने स्थानीयले अनुमान गरेको छ। लोक लाजका कारण बच्चाको आमाले राख्न नसक्ने  भएकाले पनि फालेका हुनसक्ने जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी शुभाष बुढाथोकीले बताए।

नवजात शिशु कसको र किन फ्यालिएको सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी बुढाथोकीले बताए।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  १२ : ३० बजे

बिपी राजमार्गमा राति १० घण्टा यातायात सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – बिपी राजमार्गमा भोलि शनिबार राति १२ः३० देखि बिहान

‘मिस्टर महानगर’का लागि ३८ जना खेलाडीबीच प्रतिस्पर्धा हुने

काठमाडौं – ‘मिस्टर महानगर’ शारीरिक सुगठन प्रतियोगिताका लागि ३८ जना

मोटरसाइकल र साइकल ठोक्किँदा तीनजनाको मृत्यु

सिरहा – सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा आज दिउँसो

नेपालविरुद्ध स्कटल्याण्डका जर्ज मुन्सेको अर्धशतक

काठमाडौं – स्कटल्याण्डमा जारी टी–ट्वान्टी आई सिरिजको अन्तिम खेलमा नेपालले

झापामा ढुंगा प्रहार गरी एक जनाको हत्या

झापा – झापामा झगडाका क्रम ढुङ्गा प्रहारबाट एक जनाको ज्यान