यू–१९ राष्ट्रिय क्रिकेटमा मधेस प्रदेशको पहिलो जित « Khabarhub

यू–१९ राष्ट्रिय क्रिकेटमा मधेस प्रदेशको पहिलो जित


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले पहिलो जित हात पारेको छ । पाँचौं खेलमा पहिलो जित हात पार्ने क्रममा मधेसले गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गरेको हो ।

टियु क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले लिएको २ सय १४ रनको लक्ष्य मधेसले ४८.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । मधेसको जितमा मयन यादवले ७४ बलमा ४९ तथा मेघ राज रामले ४३ रन बनाए । गण्डकीका लागि शिसिर भुषाल,निर्तिस गिरी,करन पंगेनी र अर्जुन कुमालले समान १÷१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले ४८.५ ओभरमा अलआउट हुदै २ सय १३ रन बनायो । गण्डकीका लागि गोविन्द विकले ८४ बलमा ५३ रनको अर्धशतकीय ईनिङ खेले । सुजन गौतमले ३० रन जोड्दा सुदिप अर्यालले २७ रन जोडे ।

मधेसका लागि नितिश यादव,साइमन राय,अबिशेक तिवारी र अविजित मण्डलले समान २ तथा निकेश गुप्ताले १ विकेट लिए । ६ खेलमा १ जित ५ हारका साथ अंक तालिकामा गण्डकी पाचौं स्थानमा रहेर प्रतियोगिता सकेको छ । मधेश भने ५ खेलमा २ अंकका साथ पुछारमा रहेको छ ।

त्यस्तै प्रतियोगितामा सुदूरपश्चिम प्रदेश अपराजित रहदै फाईनल पुगेको छ । समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई ७ विकेटले पराजित गरि अपराजित यात्रा कायमै राखेको हो । मूलपानी क्रिकेट मैदानमा खराब मौसमका कारण केहि ढिला सुरु भएको खेल ४५ ओभरमा छोट्टयाईएको थियो ।

बागमतीले जितका लागि दिएको १ सय २५ रनको लक्ष्य सुदूरपश्चिमले १९.१ ओभरमा पुरा गरेको हो । त्यसअघि पहिले ब्याटिङ गरेको बागमती २८.४ ओभरमा अलआउट हुदै १ सय २४ रन बनाएको हो । प्रतियोगितामा प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ८ : ५० बजे

दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–१३ गौरीगाउँस्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर

इरानको अवस्थाप्रति संयुक्त राष्ट्रसङ्घको चासो, संयम र सूचना पहुँच सुनिश्चित गर्न आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इरानी अधिकारीहरूलाई अत्यधिक संयम

देउवाले बोलाए आफू निकट नेतालाई छलफलमा, ३ बजे जुट्ने

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई छलफलमा बोलाएका

निर्वाचनमार्फत मुलुकको परिवर्तन गर्नसक्ने नेतृत्व चयन गर्न सञ्चारमन्त्रीको आह्वान

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनमार्फत मुलुकको परिवर्तन

यस्तो छ गगन थापाले पेश गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको दोस्रो विशेष महाधिवेशनमा समसामयिक