यू–१९ राष्ट्रिय क्रिकेटमा मधेस प्रदेशको पहिलो जित « Khabarhub

यू–१९ राष्ट्रिय क्रिकेटमा मधेस प्रदेशको पहिलो जित


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले पहिलो जित हात पारेको छ । पाँचौं खेलमा पहिलो जित हात पार्ने क्रममा मधेसले गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गरेको हो ।

टियु क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले लिएको २ सय १४ रनको लक्ष्य मधेसले ४८.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । मधेसको जितमा मयन यादवले ७४ बलमा ४९ तथा मेघ राज रामले ४३ रन बनाए । गण्डकीका लागि शिसिर भुषाल,निर्तिस गिरी,करन पंगेनी र अर्जुन कुमालले समान १÷१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले ४८.५ ओभरमा अलआउट हुदै २ सय १३ रन बनायो । गण्डकीका लागि गोविन्द विकले ८४ बलमा ५३ रनको अर्धशतकीय ईनिङ खेले । सुजन गौतमले ३० रन जोड्दा सुदिप अर्यालले २७ रन जोडे ।

मधेसका लागि नितिश यादव,साइमन राय,अबिशेक तिवारी र अविजित मण्डलले समान २ तथा निकेश गुप्ताले १ विकेट लिए । ६ खेलमा १ जित ५ हारका साथ अंक तालिकामा गण्डकी पाचौं स्थानमा रहेर प्रतियोगिता सकेको छ । मधेश भने ५ खेलमा २ अंकका साथ पुछारमा रहेको छ ।

त्यस्तै प्रतियोगितामा सुदूरपश्चिम प्रदेश अपराजित रहदै फाईनल पुगेको छ । समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई ७ विकेटले पराजित गरि अपराजित यात्रा कायमै राखेको हो । मूलपानी क्रिकेट मैदानमा खराब मौसमका कारण केहि ढिला सुरु भएको खेल ४५ ओभरमा छोट्टयाईएको थियो ।

बागमतीले जितका लागि दिएको १ सय २५ रनको लक्ष्य सुदूरपश्चिमले १९.१ ओभरमा पुरा गरेको हो । त्यसअघि पहिले ब्याटिङ गरेको बागमती २८.४ ओभरमा अलआउट हुदै १ सय २४ रन बनाएको हो । प्रतियोगितामा प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ८ : ५० बजे

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इनरुवा– बर्जु गाउँपालिका–२ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको

रवि-बालेनबिनै सुरू भयो रास्वपा सांसदको अभिमुखीकरण (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित सांसदहरुको अभिमुखीकरण कार्यक्रम

यौनकर्मी महिलाको मुद्दामा भावी प्रधानमन्त्री बालेन्द्रलाई खुला पत्र : ‘लालिमा’ मार्फत न्यायको माग

काठमाडौं – यौनकर्मका लागेका लाखौं नेपाली महिलाहरूको मानवधिकार र न्यायबारे

इरान–इजरायल द्वन्द्व : दुबईमा विस्फोट, उड्डयन सेवा प्रभावित

दुबई– मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी

आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा