पहिलो टेस्टमा अस्ट्रेलिया १५४ रनले विजयी « Khabarhub

पहिलो टेस्टमा अस्ट्रेलिया १५४ रनले विजयी


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- घरेलु टोली अस्ट्रेलियाले पहिलो टेस्टमा वेस्ट इन्डिजविरुद्ध आइतबार एक सय ५४ रनको विशाल जित निकालेको छ । यस जितसँगै अस्ट्रेलियाले दुई टेस्टको शृंखलामा १–० को अग्रता लिएको छ । दोस्रो तथा अन्तिम खेल ८ डिसेम्बरमा एडिलेडमा हुनेछ ।

पर्थ स्टेडियममा जितका लागि चार सय ९८ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज तीन सय ३३ रनमा समेटिएपछि अस्ट्रेलियाले जित निकालेको हो । १९२–२ को स्थितीबाट पाँचौ दिनको सुरवात गरेको वेस्ट इन्डिजले थप एक सय ४१ रन जोड्दा बाँकी आठ विकेट गुमाएको थियो ।

वेस्ट इन्डिजका लागि कप्तान क्रायग ब्रेथवेटले १३ चौकाको मद्दतमा एक सय १० रन बनाएका थिए । रोस्टन चेसले ५५ रन जोडे । त्यस्तै तिगिनारायण चन्द्रपौलले ४५ र अल्जारी जोसेफले ४३ रनको योगदान दिए ।अस्ट्रेलियाका लागि नाथन लियोनले सर्वाधिक ६ विकेट लिए ।

पहिलो इनिङमा अस्ट्रेलियाले ५९८–४ को बलियो स्थितिमा रह्यो । वेस्ट इन्डिज दुई यस ८३ रनमा अलआउट भएको थियो । यससँगै अस्ट्रेलियाले तीन सय १५ रनको अग्रता बनाएको थियो ।

अस्ट्रेलियाले १८२२ को स्थितीमा दोस्रो इनिङ समाप्तिको घोषणा गरेको थियो । यससँगै अस्ट्रेलियाले वेस्ट इन्डिजसामु जितका लागि चार सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । अस्ट्रेलियाका लागि मार्नुस लाबुसेनले एक सय १० बलमा १३ चौका र दुई छक्का मद्दतले अविजित एक सय चार रन बनाए ।त्यस्तै, डेविड वार्नरले ४८ रन बनाउँदा स्टिभ स्मिथ २० रनमा अविजित रहे । वेस्ट इन्डिजका लागि केमर रोच र रोस्टन चेसले समान एक विकेट लिए ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ५ : ०५ बजे

विशेष महाधिवेशनले संकटमा परेपछि कानुन व्यवसायी र पार्टी पदाधिकारीसँग छलफल गर्दै देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ– यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत्