आईसीसी क्रिकेट विश्वकप लिग २ : नेपालद्वारा स्कटल्याण्डसामु १३८ रनको झिनो लक्ष्य प्रस्तुत « Khabarhub

आईसीसी क्रिकेट विश्वकप लिग २ : नेपालद्वारा स्कटल्याण्डसामु १३८ रनको झिनो लक्ष्य प्रस्तुत


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नामिबियामा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ मा नेपालले स्कटल्याण्डलाई १३८ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ ।

नामिबियाको राजधानी वाइण्डहोकमा रहेको युनाइटेड क्रिकेट क्लब मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १३७ रनमात्र बनाउन सकेपछि स्कटल्याडले झिनो लक्ष्य पाएको हो ।

स्कटल्याण्डले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि पहिलो इनिङमा नेपाल ब्याटिङमा उत्रेको थियो । स्कटल्याडको घातक बलिङसामु नेपाल ४० ओभर १ बलमा अल आउट हुन पुग्यो ।

नेपालका लागि गुल्सन झाले सर्वाधिक २९ रन बनाए । त्यस्तै, पूर्वकप्तान ज्ञानेन्द्र मल्लले २५ रन बनाए । यसबाहेक अर्जुन साउदले १८, कप्तान रोहित पौडेलले १७ र आरिफ शेखले १० रन बनाउनुबाहेक कुनै नेपाली ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

स्कटल्याण्डका लागि क्रिस सोलले सर्वाधिक ३ विकेट लिए भने मार्क वाटले नेपालको २ विकेट झारे । स्कटल्याण्डका मिसेल लेस्क, सफयान सरिफ र ब्राण्डन मकमुलेनले समान एक विकेट लिए ।

यसअघि शुक्रबार नेपालले नामिबियासँग खेलेको थियो । वर्षाका कारण उक्त खेल रद्द भएपछि दुबै टोलीले समान एक अंक बाँडेका थिए ।

नेपाल २१ खेलबाट १८ अंकका साथ लिगको छैटौँ स्थानमा रहेको छ भने २९ खेलबाट ४२ अंकका साथ स्कटल्याण्ड लिगको दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ४ : ५८ बजे

चितवनको पुँजीगत खर्च ५८ प्रतिशत

चितवन– जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये ५८ दशमलब ४१ प्रतिशत

‘सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि कोशेढुंगा’

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो

मानवअधिकार आयोग गुहार्न पुगे होल्डिङ सेन्टरका सुकुम्वासी

काठमाडौं- भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी परिवारको तर्फबाट दल मर्दन

सरकारबारे बोलेकै कारण नायिकामाथि बालेन समर्थकको ‘साइबर बुलिङ’

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकार सामाजिक सञ्जालको एल्गोरिदमको प्रभावमा

सिंहदरबारभित्रै छिर्‍यो सरकारविरोधी आन्दोलन (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीलाई लिएर तीव्र आलोचना भइरहेका बेला