विश्वकप फुटबल : पोल्याण्डलाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा « Khabarhub

विश्वकप फुटबल : पोल्याण्डलाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फ्रान्स विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। अन्तिम १६ अन्तर्गत आइतबार राति फ्रान्सले पोल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो।

कतार फिफा विश्वकपमा आइतबार राति अल थुमामा स्टेडियममा भएको खेलमा फ्रान्सका लागि केलियन एमबाप्पेले दुई र ओलिभर जेरुडले एक गोल गरे।

पहिलो गोल खेलको ४४ औं मिनेटमा फ्रान्सका लागि जेरुडले गरे। एमबाप्पेको पासमा उनले सहज गोल गरेका थिए।

खेलको ७४ औं मिनेटमा एमबाप्पेले फ्रान्सका लागि दोस्रो गोल गरे भने खेलको इन्जुरी समयमा एमबाप्पेले फ्रान्सका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३-० को अग्रता दिलाए।

आइतबार दुई गोल गरेसँगै एमबाप्पेले २४ वर्षमुनि विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन्। उनले पेलेको नाममा रहेको ७ गोलको कीर्तिमान भङ्ग गरेका हुन्।

३-० को अग्रता नजिक पुगेको फ्रान्सविरुद्ध इन्जुरी समयमा पोल्याण्डले पाएको पेनाल्टी सदुपयोग गरेको हो। ल्याण्डका रोबर्ट लेवान्डोस्कीले पेनाल्टी गोल गर्दै खेल ३-१ मा फर्काए।

पोल्याण्ड विश्वकपबाट बाहिरिएको छ भने फ्रान्सले अन्तिम आठका लागि इंग्ल्यान्डको सामना गर्नेछ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ६ : ०२ बजे

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’