विश्वकप फुटबल : पोल्याण्डलाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा « Khabarhub

विश्वकप फुटबल : पोल्याण्डलाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फ्रान्स विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। अन्तिम १६ अन्तर्गत आइतबार राति फ्रान्सले पोल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो।

कतार फिफा विश्वकपमा आइतबार राति अल थुमामा स्टेडियममा भएको खेलमा फ्रान्सका लागि केलियन एमबाप्पेले दुई र ओलिभर जेरुडले एक गोल गरे।

पहिलो गोल खेलको ४४ औं मिनेटमा फ्रान्सका लागि जेरुडले गरे। एमबाप्पेको पासमा उनले सहज गोल गरेका थिए।

खेलको ७४ औं मिनेटमा एमबाप्पेले फ्रान्सका लागि दोस्रो गोल गरे भने खेलको इन्जुरी समयमा एमबाप्पेले फ्रान्सका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३-० को अग्रता दिलाए।

आइतबार दुई गोल गरेसँगै एमबाप्पेले २४ वर्षमुनि विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन्। उनले पेलेको नाममा रहेको ७ गोलको कीर्तिमान भङ्ग गरेका हुन्।

३-० को अग्रता नजिक पुगेको फ्रान्सविरुद्ध इन्जुरी समयमा पोल्याण्डले पाएको पेनाल्टी सदुपयोग गरेको हो। ल्याण्डका रोबर्ट लेवान्डोस्कीले पेनाल्टी गोल गर्दै खेल ३-१ मा फर्काए।

पोल्याण्ड विश्वकपबाट बाहिरिएको छ भने फ्रान्सले अन्तिम आठका लागि इंग्ल्यान्डको सामना गर्नेछ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ६ : ०२ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी