सेनेगललाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा « Khabarhub

सेनेगललाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सेनेगलमाथि शानदार जित निकाल्दै इंग्ल्यान्ड विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। आइतबार राति अल बयात स्टेडियममा इंग्ल्यान्डले सेनेगललाई ३-० ले पराजित गरेको हो।

इंग्ल्यान्डको जितमा जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले एक एक गोल गरे। खेलको ३८ औं मिनेटमा हेन्डरसनको गोलमा इंग्ल्यान्डले अग्रता बनाएको थियो।

दोस्रो गोल पहिलो हाफको इन्जुरी समयमा ह्यारी केनले गरे भने तेस्रो गोल खेलको ५७ औं मिनेटमा साकाले गरे। यो जितसँगै इंग्ल्यान्डले अन्तिम आठमा फ्रान्सको भेट पक्का गरेको छ।

आइतबारकै पहिलो खेलमा पोल्याण्डलाई हराएर फ्रान्स क्वाटरफाइनलमा पुगेको छ। आइतबार पोल्याण्ड र सेनेगल विश्वकपबाट बाहिरिएका छन्।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ६ : १२ बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन