दोलखाबाट माओ‌वादीका कार्की निर्वाचित | Khabarhub Khabarhub

दोलखाबाट माओ‌वादीका कार्की निर्वाचित


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

दोलखा – प्रतिनिधिसभा सदस्यमा दोलखाबाट सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन्।

सोमबार बिहान सम्पन्न अन्तिम मतपरिणामअनुसार सत्ता गठबन्धनको साथ पाएका कार्कीले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण सिवाकोटीलाई झिनो मतले पराजित गरेका हुन्।

निर्वाचित कार्कीले ३६ हजार ९९५ मत पाएका छन् भने सिवाकोटीले ३६ हजार ४७७ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।

अहिले समानुपातिकको गणना भइरहेको छ । समानुपातिकको मतपेटिकामा प्रत्यक्षको मतपत्र भेटिए पनि गणना गर्ने निर्णय सर्वदलीय बैठकमा भएका कारण जितको अन्तरको अंक केही तल माथि पर्न सक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयका एक कर्मचारीले बताए ।

यससँगै प्रतिनिधि सभामा प्रत्यक्षतर्फ निर्वाचित हुने माओवादी केन्द्रको सिट १८ पुगेको छ भने सिवाकोटी पराजित भएसँगै एमाले ४४ सिटमा सीमित भएको छ।

एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको दोलखा मतपरिणाम आउने अन्तिम जिल्ला पुगेको छ। त्यसअघि बाजुरा र स्याङ्जा २ को परिणाम आएको थियो। यससँगै प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सबै १६५ क्षेत्रको मतपरिणाम आएको छ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ९ : ५७ बजे

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति करिब ६० प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम

हमासले युद्धविराम प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

एजेन्सी – इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव

आठ महिनामा जापानीज इन्सेफलाइटिस्‌बाट ६३ सङ्क्रमित, ११ जनाको मृत्यु

काठमाडौँ – जापानीज इन्सेफलाइटिस्‌बाट सन् २०२५ को हालसम्म ११ जनाको

काभ्रेको भुम्लुका दुई वडामा लालपूर्जा बाँड्न सुरु

काभ्रे –५० वर्षदेखि आफ्नो जग्गाको लालपूर्जाको प्रतिक्षामा रहेका काभ्रेको भुम्लु

एक वर्षमा मारिए ३८३ सहायताकर्मी, अन्तर्राष्ट्रिय उदासीनता ‘लज्जास्पद’

एजेन्सी – सन् २०२४ मा ३८३ जना सहायताकर्मीको मृत्यु भएको