नायिकाको खुलासा – अश्लील सन्देश पठाएर सोध्थे, राजी हो ? | Khabarhub Khabarhub

नायिकाको खुलासा – अश्लील सन्देश पठाएर सोध्थे, राजी हो ?


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मलायालम कलाकार गायत्री सुरेशले आफूलाई एक निर्माताले गलत नियतले म्यासेज गरेको आरोप लगाएकी छिन् । उनले ती निर्माताले आफूसँग कम्प्रमाइज गर्न आग्रह गरेको खुलासा गरेकी छिन् ।

४ वर्षको फिल्म करिअरमा गायत्रीले आफूले यस्तो भोग्नुपरेको बताएकी हुन् । उनी अब छिट्टै फिल्म चिल्ड्रेन्स पार्कमा देखिनेछिन् ।

गायत्रीले एक रेडियो च्यानलसँग कुरा गर्दै आफूले कस्तो अवस्थाको सामना गर्नुपरेको थियो भन्ने कुरा शेयर गरेकी थिइन् ।

उनले भनिन्, ‘एकपटक मलाई कम्प्रमाइज गर्न भनिएको थियो ।’ शुरुवाती फिल्ममा उनलाई यसरी हेर्न खोजिएको थियो । उनले निर्माताले गलत माग गरेको पनि बताएकी थिइन् । गायत्रीले निर्माताको यस्तो भनाइका बेला केही पनि भन्ने नगरेको बरु त्यसपछि ती निर्मातालाई फर्केर पनि नहेरेको बताइन् ।

कार्यक्रम सञ्चालकद्वारा सोधिएको थियो, तपाईंले त्यस्तो गलत नियतका म्यासेजको किन जवाफ दिनुभएन ?

गायत्रीले त्यतिबेला आफूलाई जवाफ दिन उपयुक्त नलागेको र त्यस्ता व्यक्तिलाई इग्नोर गर्नु नै सबैभन्दा उत्तम लागेको बताइन् ।

नेपालमा पनि महिला कलाकारले यस्ता गुनासाहरु सुनाउने गर्छन् । फिल्म क्षेत्रमा मात्र होइन, रंगमञ्चमा पनि महिलाहरु शोषणमा पर्ने गरेको आरोप लगाइने गरिन्छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  १२ : ४६ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटही

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल साउन २९ गते बिहीबार। भाद्र

आज २०८२ साल साउन २९ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन २९ गते बिहीबार। भाद्र

सुनसरीमा दुई जनाको शव फेला

सुनसरी – सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन

उपेन्द्र यादव भन्छन् : दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ

सप्तरी – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले