ओलीविरुद्धको गठबन्धनमा सत्ताधारी दलको सफलता | Khabarhub Khabarhub

ओलीविरुद्धको गठबन्धनमा सत्ताधारी दलको सफलता

युवा र स्वतन्त्र उम्मेद्वारको उदयले शीर्ष नेतालाई चस्का !


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


960
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संसद् विघटन गरेको, वाम गठबन्धन भत्काएको, स्थिरता दिन नसकेको आरोपसहित झण्डै एक वर्षअघि सत्ता गठबन्धन बन्दा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति प्रतिशोध थियो । खासगरी एमालेसँग सहकार्य गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ओली व्यवहारका कारण धोका खाएर कांग्रेसको कित्तामा आएका थिए ।

आफू प्रधानमन्त्री बन्न नपाएको झोकमा उनले एमालेसँगको गठबन्धन तोड्ने तयारी गर्दा ओलीले त्यसैबेला संसद् विघटन गरेका थिए । संसद् विघटन गरेपछि संविधानको रक्षा गर्ने भन्दै कांग्रेस, माओवादी, एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादी, जसपा लगायतका दलहरू एक ठाउँमा आएका थिए ।

त्यतिबेला गठबन्धन गरेर ओलीको संसद् विघटनलाई बदर गराउन सर्वोच्च अदालत पुगेका दलहरू चुनावमा जाँदा पनि सफल भएका छन् । र, उनीहरूले सबै दल मिलेर सरकार बनाउन सक्ने हैसियत बनाएका छन् ।

कांग्रेसकै नेतृत्वमा सरकार बन्दा माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत पार्टी र नागरिक उन्मुक्त पार्टी मिलेमा सहजै सत्ता गठबन्धनकै सरकार बन्ने देखिन्छ । एमालेसँग चुनावी सहकार्य गरेको जसपाले धोका भएको भन्दै सत्ता गठबन्धनसँगै सरकारमा जाने संकेत दिएको छ ।

सत्ता स्वार्थ मिलेको खण्डमा राप्रपा पनि सरकारमा आउने सम्भावना छ । त्यो सम्भावनाले एमालेविरुद्धको गठबन्धनलाई अर्को बल मिल्ने देखिन्छ । कांग्रेस, माओवादी, समाजवादी मिलेर चुनावमा जाँदा पनि एमालेले लोकप्रिय मत ल्याउँदा अब पाँच वर्ष नै ओलीविरुद्धको गठबन्धन जाने देखिन्छ ।

सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले चुनावमा सफलता हात लागेको भन्दै विज्ञप्ति जारी गरेका छन् । संसद् विघटनविरुद्ध एक भएका दलहरूले चुनावसम्मै कम्तीमा पाँच वर्ष सरकार चलाउने गरि औसत बहुमत पाउनुलाई संविधानको रक्षाका रुपमा उनीहरुले बुझेका छन् ।

यसलाई दिगो रुपमा लैजाने उनीहरूको योजना छ । तर सत्ता गठबन्धनका नेताहरुले सफलता उत्सव मनाउँदा चुनौति र चस्का धेरै छन् । यसपटक गगन थापाको चर्को स्वरजसरी रवि लामिछाने पार्टीको उदय भएको छ ।

रवि लामिछाने तिनै व्यक्ति हुन्, जसले चर्को स्वर गरेर नेताहरूलाई गाली गर्दै जनताको माग सम्बोधन गर्न विभिन्न निकायसँग लबी गर्थे । दलका नेताहरुबाट आजित भएका जनताको मन जित्दै रविले यसपटकको चुनावमा आफ्नो पार्टीका लागि प्रत्यक्षमा ७ सिट जितेका छन् ।

समानुपातिकमा माओवादीकै हैसियतमा रहेको रवि पार्टीले यसपटक प्रतिनिधिसभामा कम्तीमा २० सिटजति पाउने सम्भावना छ । यो उसका लागि निकै ठूलो शक्ति हो । पार्टी गठन गरेको ६ महिनामै चुनाव जितेर संसद्को चौथो ठूलो दल बन्नु आफैँमा ठूलो सफलता हो ।

त्यसतर्फ ध्यान नदिएका नेताहरूलाई भोलिका दिनमा जनताको माग सम्बोधन गर्न नसकेमा झन् ठूलो चुनौति आइलाग्ने निश्चित जस्तै छ । त्यसतर्फ समयमै ध्यान दिएर ठूला पार्टीका ठूला नेताहरूले साना साना कुरा नसुधार्ने हो भने गठबन्धन सफल हुने नभई आउँदो चुनावमा युवाहरूकै वर्चश्व संसद्मा हुने निश्चित जस्तै छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  १ : ०२ बजे

कश्मीरमा ठूलो आक्रमण- घुम्न गएका पर्यटकलाई चरमपन्थीले नाम सोधीसोधी हानेका थिए गोली

कश्मीर- सन् २०१९ मा पुलवामामा भएयताकै सबैभन्दा ठूलो चरमपन्थी आक्रमण

कश्मीरमा पर्यटकको समूहमाथि चरमपन्थीको आक्रमण, नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु

कश्मीर- भारतको जम्मु-कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि अहिलेसम्कै ठूलो चरमपन्थी हमला

शिक्षक र राजावादीको आन्दोलनले ओझेलमा उद्योगी मेला, सबै स्टल बुकिङ हुनै मुस्किल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले वैशाख २५ गतेदेखि आयोजना गर्न

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता, भारतीय मन्त्री खट्टरले भने- नयाँ कोसेढुङ्गा

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत्

आन्दोलित शिक्षकलाई निजामती कर्मचारीले साथ दिँदा सरकारलाई धक्का !

काठमाडौं- शिक्षक महासंघको नेतृत्वमा विगत २१ दिनदेखि जारी आन्दोलनको निचोड