त्रास फैलाउने कानुन | Khabarhub Khabarhub

त्रास फैलाउने कानुन


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कोभिड-१९ महामारी प्रकरणबाट इन्डोनेसियाको पर्यटन व्यवसाय बाहिर निस्कन सङ्घर्ष गरिरहेको थियो। यसै बीचमा आएको यौन सम्बन्धी कानुनका कारण त्यहाँको पर्यटन व्यवसाय थप धरापमा परेको छ।

इन्डोनेसियाको कडा कानुन अनुसार आफ्ना श्रीमान् या श्रीमतीबाहेक अन्यत्रसँगै यौन सम्पर्कलाई कानुनी रूपमा बर्जित गरिएको छ। सहमतिमै भएका ती गतिविधिलाई त्यहाँको कानुनले स्वीकार गरेको छैन। यसै कानुनले त्यहाँको पर्यटन व्यवसाय फेरि ओरालो लाग्ने अनुमान गरिएको छ।

यो निर्णयको अहिले चौतर्फ आलोचना हुन थालेको छ। यसले मुख्यतया लिभिङ टुगेदरको रूपमा बसोबास गरेकालाई समस्यामा पार्न थालेको छ। अहिले यस कानुनविरुद्धमा जाकार्तामा प्रदर्शन भइरहेको छ। अदालतको फैसलामाथि नै पुनःविचार हुनुपर्ने धारणासमेत सार्वजनिक भएका छन्।

यो निर्णयको अहिले चौतर्फ आलोचना हुन थालेको छ। यसले मुख्यतया लिभिङ टुगेदरको रूपमा बसोबास गरेकालाई समस्या पार्न थालेको छ।

नयाँ आएको कानुन तीन वर्ष लागु हुने छ। इन्डानेसियाली तथा अहिले त्यहाँ घुम्न गई रहेकाहरूका हकमा पनि लागु हुनेछ। संसारका धेरै देशमा भने यसलाई आश्चर्यको विषयको रूपमा व्याख्या गरिएको छ। अष्ट्रेलियाको एक दैनिक पत्रिकाले “बाली बन्क ब्यान” भन्दै समाचार लेखेको छ।

धेरैले यो नियम पर्यटन क्षेत्रमा लागु नहुने विश्वास व्यक्त गरेका छन्। किनकि वेश्याका श्रीमान्, बच्चा या आफ्ना श्रीमान् तथा श्रीमती कसैले थाहा पाएर विरोध दर्ता गर्ने सम्भावना कमै छ। ह्युमन राइट वाचले भने नयाँ कानुनले समस्या उत्पन्न गर्नसक्ने जनाएको छ।

इन्डोनेसियाको पर्यटन व्यवसाय अष्ट्रेलियाबाट जाने पर्यटकमाथि धेरै नै निर्भर रहने गरेको छ। बालीको भ्रमण गर्न बर्सेनि हजारौँ अष्ट्रेलियाली त्यहाँ जाने गरेका छन्।

बालीमा घुमेर रातभरिको पार्टीमा रमाउन उनीहरू त्यहाँ जान लागेका हुन्। हरेक वर्ष हजारौँ विद्यार्थीलाई विद्यालय तथा कलेज भएको समयमा बिदा मनाउन त्यहाँ जाने गरेका छन्। धेरै अष्ट्रेलियाका विद्यार्थीका लागि बाली भ्रमण सहज लाग्ने गरेको छ। वर्षमा एक पटक भन्दा बढी त्यहाँ पुग्ने जमातको पनि कमी छैन। नयाँ नियमका कारण धेरैको मनमा आशङ्का पैदा भएको छ। साथै यसले मानिस त्यहाँ पुग्न समस्या महसुस हुन थालेको छ।

हरेक वर्ष हजारौं विद्यार्थी बिदा मनाउन त्यहाँ जाने गरेका छन्। धेरै अष्ट्रेलियाका विद्यार्थीका लागि बाली भ्रमण सहज भए पनि कानुनी प्रावधानले एउटा त्रास थपिएको छ ।

सरोकारवालाले फेसबुक पेजमा वास्तविक अवस्था र नयाँ कानुनको व्याख्या गर्न थालेका छन्।विवाह गर्ने विवाह दर्ता प्रमाणपत्रसहित इन्डोनेसियाको भ्रमण गर्ने छन्। विवाह दर्ता नहुनेहरू होटेलमा दुई फरक कोठा लिन आवश्यक छ। सामाजिक सञ्जालमा धेरैले यो पर्यटक भड्काउने प्रयास भन्दै लेखेका छन्। कतिपयको हकमा भने यसले पर्यटन व्यवसायलाई कुनै असर नहुने जनाइएको छ।

नयाँ कानुन अनुसार अभिभावक, बच्चा या श्रीमान् तथा श्रीमतीले विरोध दर्ता गरेमा यौन सम्पर्कको हकमा एक वर्षको जेल सजाय हुन सक्नेछ। एउटै कोठामा बसेमा पनि ६ महिनासम्मको जेल सजाय हुन सक्नेछ।

इन्डोनेसियाका कानुन मन्त्रालयका प्रवक्ताले भने पर्यटकलाई व्यवहारिक समस्या भने नपर्ने जनाएका छन्। किनकी इन्डोनेसियाका नागरिकहरूले नै विरोध दर्ता गराएका छन्। “यसको मतलब के हो भने अष्ट्रेलियाका नागरिक डराउनु पर्ने छैन” भन्दै अलर्ट एरिजले लेखेका छन्।

विवाह दर्ता नहुनेले होटेलमा दुई फरक कोठा लिन आवश्यक छ। सामाजिक सञ्जालमा धेरैले यो पर्यटक भड्काउने प्रयास भएको भन्दै विरोध जनाएका छन् ।

ह्युमन राइट वाचका आन्द्रेस होर्सानोले भने यसले इन्डोनेसियामै केटा साथी या केटी साथी हुनेलाई अप्ठेरो पर्ने बताएका छन्। स्थानीय अभिभावक तथा उनका पारिवारिक सदस्यले प्रहरीमा रिपोर्ट गरेमा यसले ठूलो समस्या उत्पन्न सक्ने उनीहरूको मत छ। हार्सानो पनि के कुरामा सहमत छन् भन्ने पारिवारिक सदस्यले प्रहरीमा रिपोर्ट गरे मात्र अप्ठेरो पर्ने भएकाले एकदमै धेरै समस्या पर्नसक्ने छ।

एउटा निश्चित क्षेत्रलाई हेरेर यो कानुन ल्याइएको उनको पनि मत छ। एउटा निश्चित व्यक्तिले आफूलाई कसैसँग रिस उठेमा उसले रिस फेर्न पाउने सम्भावना बढी देखिएको छ। अनलाइनका च्याटिङ प्लेट फर्ममा हुने धरै जनाले भने यसले केही फरक नपर्ने बताएका छन्। इन्डोनेसियाका हुने सामान्य गतिविधिले पनि धेरै समस्यामा पर्न सकिने अष्ट्रेलियनको मत छ।

अहिले त्यहाँको राज्यले यो कानुन ल्याइ सकेको छ। यसको असर हेर्न पनि बाँकी छ। यो कानुनमा त्यसको असहज केही हुने जस्तो पनि देखिँदैन। तर, यसले बालीको पर्यटन व्यवसायलाई यसले प्रहार गरेमा त्यहाँ बाट उठ्न धेरै नै समय लाग्ने छ। कोरोना महामारीपछि विस्तारै उकासिन थालेको पर्यटन व्यवसाय फेरि माथि उठ्न धेरै नै कठिन छ। उनीहरूले त्यस समयमा भएको क्षतिको लाभ लिन पनि त्यत्तिकै कठिन छ।

पर्थमा रहेको एक गैरसरकारी संस्थाको तथ्यांक अनुसार सन् २०१९ मा अहिलेसम्म सबैभन्दा धेरै अष्ट्रेलियालीले एक दशमलव २३ मिलियन अष्ट्रेलियाली नागरिकले बालीको भ्रमण गरेका थिए। सन् २०२१ मा भने ५१ विदेशी पर्यटकले मात्र बाली भ्रमण गरेका थिए। ह्युमन राइट वाचका सहायक एसियाली निर्देशक फिल रोबर्टसने भने यो पर्यटन व्यवसायमा एउटा ठूलो धक्का भएको प्रतिक्रिया दिएका छन्।

कोरोना महामारीपछि विस्तारै उकासिन थालेको पर्यटन व्यवसाय फेरि माथि उठ्न धेरै नै कठिन छ। व्यवसाय उकास्ने समयमा आएको यो कानुनी प्रावधानले आर्थिक क्षति हुने अनुमान गर्न थालिएको छ ।

इन्डोनेसियाको पर्यटन व्यवसाय विस्तारैमाथि उठिरहेको तथ्याङ्कले देखाएको छ। २०२२ को जुलाईमा इन्डोनेसियाका केन्द्रीय तथ्यांक विभागमा उल्लेख गरिएको डाटा अनुसार गत वर्ष अक्टोबरमा कोभिडका मापदण्डमा खुला गरिएयता ४ लाख ७० हजार पर्यटकले बाली भ्रमण गरेका थिए।

यसको असर हेर्न त बाँकी नै छ। तर, यो क्षेत्रमा सम्बन्धित भने अत्तालिन थालिसकेका छन्। सन् २०१७ देखि बालीमा पर्यटक गाइडको रूपमा काम गर्दै आएका योमानको विचारमा नयाँ नियमपछि पर्यटन व्यवसायमा संकट उत्पन्न हुन सक्नेछ। उनले आफू पर्यटन व्यवसायमा नै पूर्ण रूपमा निर्भर भएका कारण आत्तिनु पर्ने बताइ सकेका छन्।

बाली सबै भन्दा धेरै प्राकृतिक तथा मानव सृजित बिपत्तिको सिकार पनि भइसकेको छ। खाडी युद्ध, बालीको बम आक्रमण ज्वालामुखी विष्फोट, माउन्ट समेरोमा देखिएको ज्वालामुखी माउन्ट रिनजानीमा देखिएको ज्वालामुखी पछिल्लो समय बाली झस्काउने घटना हुन्।

यी सबै घटनाबाट प्रभावित भएकालाई फेरि सही बाटोमा ल्याउने प्रयास सरकारले नगरेको भने होइन। केही दिन अगाडि मात्र नयाँ भिसा नीति ल्याइएको छ। त्यो नीति अनुसार टापुमा मानिस १० वर्षसम्म बसोबास गर्न सक्छन्।

खाडी युद्ध, बालीको बम आक्रमण ज्वालामुखी विष्फोट, माउन्ट समेरोमा देखिएको ज्वालामुखी माउन्ट रिनजानीमा देखिएको ज्वालामुखी पछिल्लो समय बाली झस्काउने घटना हुन्।

यी सबै प्रयासका बाबजुद अहिले बनेको नयाँ कानुनले धेरैलाई एकै पटक समस्या बढ्ने त होइन भन्ने चिन्ता समेत लाग्न थालेको छ। सन् २०१७ मा बालीमा १८ महिनाका लागि भ्रमण गरेका क्यानडाका ब्लगर मेलिसा गीराउक्सले नयाँ कानुनले आफू आश्चर्य चकित भएको बताएका छन्। उनले पनि धेरै पर्यटक जेल जाने जोखिम लिन नचाहने बताएका छन्। उनले पनि बालीमा कुनै एक्लो व्यक्ति आउने सम्भावना नै कम भएको बताएका छन्।

सन् २०२० मा लकडाउनै बिताएको बाली सन् २०२१ को अक्टोबरदेखि धेरै खुला भएको थियो। कोरोना भ्याक्सिन सहज रूपमा उपलब्ध हुन थालेपछि भ्याक्सिन लगाउनेका लागि त्यो स्थान सुरुवातमै खुला गरिएको हो। खुला भए पछिका केही दिनमा त त्यहाँ भ्रमण गर्ने व्यक्ति नै थिएनन्। त्यसको केही अगाडिसम्म इन्डोनेसियाको अवस्था कोभिडका कारण साँच्चै डरलाग्दो र त्रासदीपूर्ण थियो। यो पूर्वी एसियाकै सबै भन्दा धेरै कोरोना सङ्क्रमित देशको रूपमा रहेको थियो। कोरोना महामारीकै अवस्थामा त त्यहाँको पर्यटन व्यवसाय पुगिसकेको छैन। यो नयाँ कानुन एकदमै खराब नहोला। तर, धेरै जनामा एउटा त्रास पैदा गरेको छ। जसले समस्या उत्पन्न हुनसक्छ। स्रोत : बीबीसी

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  ९ : ०१ बजे

आर्थिक न्यायको माग गर्दै दलित नागरिक समाजको प्रदर्शन

काठमाडौ‌ं – आर्थिक न्याय र सामाजिक सुरक्षाको माग गर्दै दलित

अर्थसंक्षेप : २७० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिँदै, शेयर बजारमा पुनः फर्कियो रौनक

काठमाडौं– सिन्धुपाल्चोक र रसुवामा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन भएको

आईसीसी वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

काठमाडौं– आईसीसीको एकदिवसीय वरीयतामा नेपाल एक स्थान तल झरेको छ

योजना छनोट र कार्यान्वयनलाई पारदर्शी बनाउनुपर्छ : मुख्यमन्त्री आचार्य

काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोट र कार्यान्वयनमा

चीन पुगेर अर्थमन्त्रीले भने – ‘आर्थिक वृद्धि गर्न यातायात पूर्वाधार अत्यावश्यक’

काठमाडौं – उपप्रधानमन्त्री एवम्‌ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वृद्धि तथा