उपराष्ट्रपति पुनद्वारा उधौली र यःमरि पुन्हिको शुभकामना « Khabarhub

उपराष्ट्रपति पुनद्वारा उधौली र यःमरि पुन्हिको शुभकामना


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले किराँत समुदायको महान् चाड उधौली र नेवारी समुदायको यःमरि पुन्हिका अवसरमा देश तथा विदेशमा रहेका सबैलाई सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

उनले आज जारी गरेको शुभकामना सन्देशमा किराँत समुदायको महान् चाड उधौली र नेवार समुदायको महत्वपूर्ण चाड यःमरि पुन्हि पर्वको अवसरमा सबैलाई शुभकामना व्यक्त गरेका हुन्। शुभकामना सन्देशमा भनिएको छ,’उधौली र यःमरि पुन्हिले किराँत र नेवार लगायतका समुदायमा उत्साह र उमङ्ग थप्दै नेपाली कला, संस्कृति र परम्पराको संरक्षण एवं प्रवद्र्धनमा योगदान पुर्‍याओस्, सिङ्गो नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ् बनाउँदै समृद्धिको मार्गमा अघि बढ्न हामी सबैलाई ऊर्जा प्रदान गरोस्, उधौली र यःमरी पुन्हिको हार्दिक शुभकामना।’

भर्खरै नेपाली जनताले आफ्नो सार्वभौम मताधिकार प्रयोग गरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मताधिकारको प्रयोग गरेकोमा आम मतदातालाई बधाई दिन चाहेको उनले सन्देशमा उल्लेख गरेका छन्। उनले सन्देशमा भनेका छन्, ‘निर्वाचनमा निर्वाचित हुने सबैलाई बधाई दिन चाहन्छु, निर्वाचन सम्पन्न गराउने निर्वाचन आयोग, नेपाल सरकार, सुरक्षा निकाय, कर्मचारी, पर्यवेक्षक सबैलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु।’

सन्देशमा अब छिट्टै सङ्घ तथा प्रदेशमा सरकार बन्ने र ती सरकारहरुले विकास एवं समृद्धिको अभियानको नेतृत्व गर्दै समृद्धिको जनचाहना साकार पार्ने विश्वास व्यक्त गर्दै उनले अन्य निर्वाचन संवैधानिक व्यवस्था बमोजिम सम्पन्न हुनेमा विश्वास व्यक्त गरेका छन्।

‘विभिन्न धार्मिक तथा सांस्कृतिक चाडपर्वले सामाजिक सद्भाव अभिवृद्धि गर्दै विभिन्न समुदाय र सम्प्रदायबीचको एकतालाई दरिलो बनाउन मद्दत पुर्‍याइरहेका छन्’, सन्देशमा भनिएको छ,’ किराँत समुदायको महान् पर्व उधौली र नेवार समुदायको चाड यःमरि पुन्हिले सामाजिक सद्भावलाई दरिलो र दिगो बनाउँदै राष्ट्रिय एकतालाई अझै सुदृढ् गर्ने विश्वास लिएको छु।’

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  ११ : ५६ बजे

सर्लाहीमा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले सर्लाहीको मङ्गलवा नगरपालिकामा लक्ष्यभन्दा

गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा

गुल्मी – यहाँका ४८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन्

निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण छः गृहमन्त्री अर्याल

नुवाकोट – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को

परिवर्तनको मुद्दालाई पार्टीले अगाडि बढाएको छ : उपसभापति वाग्ले

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णीम