मीनबहादुर केसी स्मृति कप फुटबलको उपाधि टाइगरलाई | Khabarhub Khabarhub

मीनबहादुर केसी स्मृति कप फुटबलको उपाधि टाइगरलाई


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङ तुलसीपुरको दमारगाउँमा सञ्चालित जिल्लाकै सर्वाधिक पुरस्कार राशिको स्वर्गीय मीनबहादुर केसी स्मृति कप फुटबल प्रतियोगिता २०७९ को उपाधि आयोजक टाइगर युवा क्लब तुलसिपुर ३ ले जितेको छ । टाइगर युवा क्लब तुलसिपुरदमारगाउँको आयोजनामा सञ्चालित प्रतियोगिताको आज बिहीबार सम्पन्न फाइनल खेलमा ज्ञानज्योति फुटबल क्लब तुलसीपुर ६ लाई सुन्यका विरुद्ध २ गोलअन्तरले पराजित गर्दै टाइगर युवा क्लबले उपाधि जितेको हो ।

उपाधिसँगै उसले नगद एक लाख तीस हजार, कप, मेडल तथा प्रमाणपत्र हात पार्‍यो । फाइनलमा हार ब्यहोरेको ज्ञान ज्योति उपविजेतामा सीमित रहँदै नगद पैँसट्ठी हजार, कप मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।

उल्लेख्य दर्शकको उपस्थितिमा टाइगर क्लबको खेल मैदानमा भएको कडा प्रतिस्पर्धा अनि रोमाञ्चक खेलको पहिलो हाफ्को समाप्तिसम्म गोलरहित बराबरी भएपनी दोस्रो हाफ्को ९औं मिनेटमा जर्सी नम्बर १३ का माधव घिमिरेले पहिलो गोल गर्दै टिमलाई १-० को अग्रता दिलाए । त्यस्तै जर्सि नम्बर ५ का विजय सिंह ठकुरीले दोस्रो हापको १८औं मिनेटमा थप एक गोल गर्दै टिमलाई २-० को जित निकाल्न सफल भए ।

फुटबल खेलको विकास र प्रवर्द्धनसँगै प्रतिभावान खेलाडीको पहिचान र विकासमा टेवा पुर्‍याउने मुख्य उद्देश्यका आयोजना गरिएको प्रतियोगितामा दाङ लगायत अन्य जिल्लामा स्थापित क्लबका १४ टिमको सहभागिता रहेको थियो । 

यसैबीच प्रतियोगिताको समापन समारोह खेल संयोजक सुरबिर गुरुङको अध्यक्षता तथा ९९ वर्षीय बयोवृद्ध समाजसेवी व्यक्तित्व तिलकबहादुर मल्लको प्रमुख आतिथ्य एवं लुम्बिनी प्रदेश खेलकुद परिषद् सदस्य टेक बहादुर बिकको विशिष्ट आतिथ्यमा भएको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  ७ : ०१ बजे

इम्बोस्ड नम्बर प्लेटबारे यसअघिको निर्णयबाट पछि हटयो सरकार, अब स्वैच्छिक मात्रै

काठमाडौं- इम्बोस्ड नम्बर प्लेट जडानका सम्बन्धमा यसअघिको निर्णयबाट सरकार पछाडी

मन्त्री पाण्डेले दिए पर्वतारोहण सङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्वतारोहण

उखु किसानलाई अनुदान रकम निकासा, पर्सिसम्म किसानको खातामा रकम पुग्ने

काठमाण्डौं– सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदानबापतको रकम आज निकासा गरेको

हैजा फैलिएपछि वीरगञ्जका विद्यालय भदौ १३ सम्म बन्द

वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू भदौ १३ सम्म बन्द गरिने

ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विराेध निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसकी सांसद् ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन