किशोरी समूहबीचको क्रिकेटमा सप्तरी विजयी « Khabarhub

किशोरी समूहबीचको क्रिकेटमा सप्तरी विजयी


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सप्तरी- ‘बालविवाह अन्त्यका लागि मर्यादित महिनावारी’ नाराका साथ आज राजविराजमा आयोजित किशोरी समूहबीचको मैत्री क्रिकेट खेलमा सप्तरी विजयी भएको छ ।

राजविराजस्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेल मैदानमा सिरहालाई पराजित गर्दै सप्तरी विजयी भएको हो । सिरहाको किशोरी समूहको टिमलाई मैत्रीपूर्ण क्रिकेट खेलमा सात विकेटले पराजित गर्दै सप्तरीको किशोरी समूह विजयी भएको हो ।

टस जितेर सिरहाले निर्धारित २० ओभरको खेलमा १९ ओभर २ बल खेल्दै १ सय रनको योगफल खडा गरेको थियो । सिरहाका लागि चन्द्रिका साहले २१ र शोभा शर्माले १२ रन बनाएका थिए भने ४६ रन अतिरिक्तका रूपमा पाएका थिए ।

बलिङतर्फ सप्तरीका साक्षी यादवले सर्वाधिक ३ विकेट लिइन् । सप्तरीकी अञ्जुकुमारी प्रमाणीले २ विकेट तथा सङ्गीताकुमारी यादव, राधाकुमारी यादव र दीपिका सिंहले १र१ विकेट हात पारे ।

जवाफमा सप्तरीले १६ ओभर ५ बलमा ३ विकेट गुमाएर विजय हात पारेको थियो । सप्तरीका लागि सरस्वती कुमारी यादवले सर्वाधिक १७ रन, साक्षीकुमारी यादवले १२ रन जोडेका थिए । सप्तरीकी अञ्जुकुमारी प्रमाणी अविजित आठ रन तथा सङ्गीताकुमारी यादवले अविजित ६ रन बनाएकी थिइन् । बलिङतर्फ सिरहाका चन्द्रिका साह र अजमेरी खातुनले १र१ विकेट लिए ।

खेलको म्यान अफ दि म्याच सप्तरीकी साक्षीकुमारी यादव घोषित भएको सबल नेपालका परियोजना संयोजक रोशन मण्डलले जानकारी दिए । उक्त अवसरमा डाक्नेश्वरी नगरपालिका उपप्रमुख मीरा यादव र राजगढ गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले विजेता टिमलाई ट्रफी र मेडल प्रदान गरे ।

यसैगरी सबल नेपालका अध्यक्ष जुना गिरी, महुली सामुदायिक विकास केन्द्रका अध्यक्ष प्रेम चौधरी, कार्यक्रम निर्देशक प्रभुनारायण चौधरी, नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य ललिता साह, सप्तरी अध्यक्ष श्रवणकुमार देव, सिरहा क्रिकेट सङ्घ अध्यक्ष सुनिल महासेठ, मेलबर्न क्रिकेट क्लबकी लेबल थ्री कोच सारा बेगलगायतले विजेता, उपविजेता टिमलाई कप, मेडल तथा मायाको चिनोबाट सम्मान गरे ।

उक्त अवसरमा ग्रामीण भेगका किशोरीबीचमा महिनावारी स्वच्छतासम्बन्धी जनचेतनाको अभाव हुनाले महिनावारी स्वच्छताबारेमा विभिन्न सन्देशमूलक सामग्री प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  ९ : ४६ बजे

बीमा रकम भुक्तानी सहजतातर्फ, १५ अर्ब रकम विनियोजन, विगतको बक्यौता पठाइँदै

काठमाडौँ– स्रोतको अभावजस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य

बीस विद्यालयलाई ल्यापटप वितरण

हुम्ला– हुम्ला जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा रहेका

हुम्लाका विद्यालयलाई फुटबल सहयोग

हुम्ला– अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा यहाँ विद्यालयस्तरमा फुटबल

संघीयता सबलीकरणसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक

पूर्वाधार विकासको प्रतीक्षामा ‘दोमुख’

हुम्ला– हुम्ला र मुगु जिल्लाको सिमानामा रहेको हुम्ला कर्णाली तथा