क्वाटरफाइनलको दोस्रो खेलमा आज अर्जेन्टिना र नेदरल्यान्ड्सको प्रतिस्पर्धा « Khabarhub

क्वाटरफाइनलको दोस्रो खेलमा आज अर्जेन्टिना र नेदरल्यान्ड्सको प्रतिस्पर्धा


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कतार विश्वकप फुटबलमा आजदेखि क्वाटरफाइनलका खेल हुँदैछन्।

शुक्रबारको दोस्रो क्वाटरफाइनल खेलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ। यो खेल राति १२:४५ बजे सुरु हुनेछ। अर्जेन्टिना र नेदरल्यान्ड्सको खेल लुसाइल स्टेडियममा हुनेछ।

अर्जेन्टिना अन्तिम १६ मा अष्ट्रेलियालाई पराजित गर्दै क्वाटरफाइनल पुगेको हो भने नेदरल्यान्ड्सले अमेरिकालाई हराउँदै अर्जेन्टिनासँगको भेट पक्का गरेको हो।

आज हुने पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। यो खेल शुक्रबार राति ८:४५ मा सुरु हुँदैछ।

ब्राजिल दक्षिण कोरियालाई अन्तिम १६ मा पराजित गर्दै क्वाटरफाइनल पुगेको हो भने क्रोएसियाले जापानलाई पराजित गर्दै ब्राजिलसँगको भेट पक्का गरेको हो।

क्वाटरफाइनलका अन्य दुई खेल शनिबार हुनेछन्। शनिबारको पहिलो खेलमा फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। क्वाटरफाइनलको अन्तिम खेलमा शनिबार मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ६ : ४४ बजे

‘बालेन्द्र आएपछि केही चुनौती बढेको छ, झापा ५ मा हामी जित्छौँ’

काठमाडौं- यस पटको प्रतिनिधिसभाको निर्वानमा इपिक सेन्टर बनेको छ झापा

एनजीसीसीआई र केसीसीबीच उद्योग-शिक्षा सहकार्यका लागि समझदारी

काठमाडौं– नेपाल–जर्मन उद्योग वाणिज्य संघ (एनजीसीसीआई) र पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको कान्तिपुर

भौतिक मन्त्रालयलाई मुख्यमन्त्री कँडेलको निर्देशन : रुग्ण आयोजनाको ठेक्का तोड्नुस्

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ठेक्का लिने तर समयमा

ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा अमेरिका र डेनमार्कबीच फेरि वार्ता हुने

एजेन्सी – अमेरिका र डेनमार्कबीच सन् १९५१ को ग्रीनल्याण्डसम्बन्धी रक्षा