क्वाटरफाइनलको दोस्रो खेलमा आज अर्जेन्टिना र नेदरल्यान्ड्सको प्रतिस्पर्धा « Khabarhub

क्वाटरफाइनलको दोस्रो खेलमा आज अर्जेन्टिना र नेदरल्यान्ड्सको प्रतिस्पर्धा


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कतार विश्वकप फुटबलमा आजदेखि क्वाटरफाइनलका खेल हुँदैछन्।

शुक्रबारको दोस्रो क्वाटरफाइनल खेलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ। यो खेल राति १२:४५ बजे सुरु हुनेछ। अर्जेन्टिना र नेदरल्यान्ड्सको खेल लुसाइल स्टेडियममा हुनेछ।

अर्जेन्टिना अन्तिम १६ मा अष्ट्रेलियालाई पराजित गर्दै क्वाटरफाइनल पुगेको हो भने नेदरल्यान्ड्सले अमेरिकालाई हराउँदै अर्जेन्टिनासँगको भेट पक्का गरेको हो।

आज हुने पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। यो खेल शुक्रबार राति ८:४५ मा सुरु हुँदैछ।

ब्राजिल दक्षिण कोरियालाई अन्तिम १६ मा पराजित गर्दै क्वाटरफाइनल पुगेको हो भने क्रोएसियाले जापानलाई पराजित गर्दै ब्राजिलसँगको भेट पक्का गरेको हो।

क्वाटरफाइनलका अन्य दुई खेल शनिबार हुनेछन्। शनिबारको पहिलो खेलमा फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। क्वाटरफाइनलको अन्तिम खेलमा शनिबार मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ६ : ४४ बजे

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले