नागरिक उन्मुक्ति पार्टी सर्तसहित सरकारमा जाने | Khabarhub Khabarhub

नागरिक उन्मुक्ति पार्टी सर्तसहित सरकारमा जाने

सांसदले पारिश्रमिकको ५० प्रतिशत लेबि बुझाउने


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रेशम चौधरी लगायतका जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरे नागरिक उन्मुक्ति पार्टीले पनि सरकारमा सहभागी हुने बताएको छ।

शुक्रबार काठमाडौँमा बसेको पार्टीको सचिवालय बैठकले पार्टीका नेता चौधरीलगायतलाई जेलबाट रिहाइ गरे आफूहरू सरकारमा सहभागी भई राष्ट्र निर्माणको अभियानमा सहभागी हुने निर्णय गरिएको पार्टीका महासचिव रतन थापाले जानकारी दिएका छन्।

साथै बैठकले पार्टीबाट निर्वाचित सांसदले पारिश्रमिकको ५० प्रतिशत लेबि बुझाउने निर्णय पनि गरेको छ। पार्टीले यही वैशाख ४ देखि ६ गतेसम्म कैलालीको टिकापुरमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय पनि गरेको छ।

यस्तै, बर्दिया क्षेत्र नम्बर २ बाट संघीय सांसदमा निर्वाचित स्वतन्त्र सांसद लालवीर चौधरी आफ्नै बुहारी रन्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ९ : १२ बजे

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको