उत्तर कोरियामा बन्दी बनाइएका अष्ट्रेलियन नागरिक रिहा « Khabarhub

उत्तर कोरियामा बन्दी बनाइएका अष्ट्रेलियन नागरिक रिहा


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– उत्तर कोरियामा बन्दी बनाइएको भनिएका अष्ट्रेलियन विद्यार्थी मुक्त भएका छन् ।

उत्तर कोरियाको किम इल सुङ विश्वविद्यालयमा अध्ययन गर्दै आएका २९ वर्षे अष्ट्रेलियन विद्यार्थी अलेक सिग्ले उत्तर कोरियाबाट रिहा भई चीनको राजधानी बेइजिङ पुगेका छन् ।

विमानस्थलमा पत्रकारलाई प्रतिक्रिया दिँदै उनले आफू ‘ठिक’ रहेको जनाएका छन् । त्यसबाहेक उत्तर कोरियामा उनलाई के भएको हो भन्नेबारे भने उनले कुनै टिप्पणी नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी जापानको राजधानी टोकियोका लागि प्रस्थान गरेको अष्ट्रेलियन अधिकारीले जनाएका छन् । उनले जापानी महिलासँग दाम्पत्य जीवन बिताइरहेको जनाइएको छ । यसअघि बिहीबार सबेरै अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले संसद्मा सम्बोधन गर्दै स्विडेनको सहयोगमा सिग्ले उत्तर कोरियाबाट मुक्त भएको जनाएका थिए ।

उनी गत जुन २५ देखि उत्तर कोरियाको राजधानी प्योङयाङबाट बेपत्ता भएका थिए । अष्ट्रेलियाले उनलाई त्यहाँ बन्दी बनाइएको जनाएको थियो । उनलाई किन त्यहाँ बन्दी बनाइएको हो भन्नेबारे केही स्पष्ट भइसकेको छैन ।

उत्तर कोरियामा पश्चिमा मुलुकका नागरिकलाई बेलाबेला बन्दी बनाई कठोर सजाय दिने गरेको समाचार सार्वजनिक हुने गरेको छ । सन् २०१७ मा उत्तर कोरियामा बन्दी बनाइएका अमेरिकी नागरिक ओटो वार्मबियरको कोमामा रहेका बेला ज्यान गएको थियो ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ५ : ४२ बजे

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत

‘महामन्त्रीमा मेरो जित निश्चित छ’

काठमाडौं– आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

कांग्रेस महाधिवेशन : अमरसिंह पुनले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले