उत्तर कोरियामा बन्दी बनाइएका अष्ट्रेलियन नागरिक रिहा | Khabarhub Khabarhub

उत्तर कोरियामा बन्दी बनाइएका अष्ट्रेलियन नागरिक रिहा


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– उत्तर कोरियामा बन्दी बनाइएको भनिएका अष्ट्रेलियन विद्यार्थी मुक्त भएका छन् ।

उत्तर कोरियाको किम इल सुङ विश्वविद्यालयमा अध्ययन गर्दै आएका २९ वर्षे अष्ट्रेलियन विद्यार्थी अलेक सिग्ले उत्तर कोरियाबाट रिहा भई चीनको राजधानी बेइजिङ पुगेका छन् ।

विमानस्थलमा पत्रकारलाई प्रतिक्रिया दिँदै उनले आफू ‘ठिक’ रहेको जनाएका छन् । त्यसबाहेक उत्तर कोरियामा उनलाई के भएको हो भन्नेबारे भने उनले कुनै टिप्पणी नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी जापानको राजधानी टोकियोका लागि प्रस्थान गरेको अष्ट्रेलियन अधिकारीले जनाएका छन् । उनले जापानी महिलासँग दाम्पत्य जीवन बिताइरहेको जनाइएको छ । यसअघि बिहीबार सबेरै अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले संसद्मा सम्बोधन गर्दै स्विडेनको सहयोगमा सिग्ले उत्तर कोरियाबाट मुक्त भएको जनाएका थिए ।

उनी गत जुन २५ देखि उत्तर कोरियाको राजधानी प्योङयाङबाट बेपत्ता भएका थिए । अष्ट्रेलियाले उनलाई त्यहाँ बन्दी बनाइएको जनाएको थियो । उनलाई किन त्यहाँ बन्दी बनाइएको हो भन्नेबारे केही स्पष्ट भइसकेको छैन ।

उत्तर कोरियामा पश्चिमा मुलुकका नागरिकलाई बेलाबेला बन्दी बनाई कठोर सजाय दिने गरेको समाचार सार्वजनिक हुने गरेको छ । सन् २०१७ मा उत्तर कोरियामा बन्दी बनाइएका अमेरिकी नागरिक ओटो वार्मबियरको कोमामा रहेका बेला ज्यान गएको थियो ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ५ : ४२ बजे

विश्वकप लिग-२ : युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई शृङ्खलाको अन्तिम

शिक्षण पेसामा रहेका विष्णुराज केराखेतीमा रमाउँदै

कञ्चनपुर– कञ्चनपुरको पुनर्बास नगरपालिका–१ का विष्णुराज घिमिरे जनकल्याण माध्यमिक विद्यालयका

कैलालीमा १५६ उद्योग थपिए

कैलाली– घरेलु तथा साना उद्योग कार्यालय कैलालीमा १५६ नयाँ उद्योग

जसपा नेपाल केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आज

‘संविधानलाई ‘लिक’मा फर्काउन आन्दोलनको तयारीमा छौं’

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले विश्वमा समाजवादी