विश्वकपको सेमिफाइनल र फाइनलमा नयाँ बल प्रयोग हुने | Khabarhub Khabarhub

विश्वकपको सेमिफाइनल र फाइनलमा नयाँ बल प्रयोग हुने


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप फुटबलको सेमिफाइनल र फाइनलमा नयाँ बल प्रयोग हुने भएको छ।

कतार फिफा विश्वकप फुटबलको सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक भएको हो। आइतबार मात्र एडिडास कम्पनीले सेमिफाइनल र फाइनलमा प्रयोग हुने बल सार्वजनिक गरेको हो।

यो बलको नाम ‘अल हिल्म’ राखिएको छ। अरेबिक भाषाको यो शब्दको अर्थ सपना भन्ने हुन्छ। यसअघि एडिडास कम्पनीले नै बनाएको ‘अल रिहला’ नामको बल प्रयोग हुँदै आएको थियो। नयाँ बलमासमेत अघिल्लो बलमा जस्तै सेन्सर प्रविधिको प्रयोग गरिएको छ।

कतार विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना, क्रोएसिया, फ्रान्स र मोरोक्को पुगेका छन्। सेमिफाइनलका दुई खेल मंगलबार र बुधबार हुनेछन्।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ६ : ५९ बजे

चितवन राष्ट्रिय निकुञ्जमा असार १५ गतेबाट सफारी बन्द हुने

चितवन– चितवन राष्ट्रिय निकुञ्जभित्र यही असार १५ गतेबाट जिप सफारी

पिलर ठड्याएर पनि बनेनन् आकाशे पुल (तस्बिरहरू)

काठमाडौं– ललितपुरको ग्वार्को, महालक्ष्मीस्थान, एकान्तकुना भएर कलंकी जाने व्यस्त सडक

रौतहटको चन्द्रनिगाहपुरमा बस दुर्घटना, १० जना घाइते

चन्द्रपुर– पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा यात्रुबाहक बस दुर्घटना

सचिवालयको दाबी- ठेक्का तोडिएपछि कान्छाराम उपप्रधानमन्त्रीमाथि खनिए

काठमाडौं– उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहको सचिवालयले नेपाली कांग्रेसका

बाँदर आतंक न्यूनीकरण गर्न ‘बाँदर बगैँचा’ निर्माण

ढोरपाटन – बागलुङको जैमिनी नगरपालिकाले बाँदर आतंक न्यूनीकरण गर्न ‘बाँदर