आर्थिक विकासमा नेपालको भविष्य सुनौलोः वर्ल्ड बैंक « Khabarhub

आर्थिक विकासमा नेपालको भविष्य सुनौलोः वर्ल्ड बैंक


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्थिक विकासमा नेपालको सकारात्मक भविष्य रहेकोप्रति आशावादी रहेको विश्व बैंक नेपालका प्रमुख फरिस एच हदद–जेर्भोसले बताएका छन् ।

काठमाडौंको दरबारमार्गस्थित पेभेलियन हलमा बिहीबार इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च आइएसएसआर, पेभेलियन ग्रुप र विश्वबैंकको संयुक्त आयोजनामा ‘नेपाल डेभलपमेण्ट अपडेट २०१९’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालका लागि सुन्दर अवसरको ढोका खुलेको र यो खुल्लै रहने विश्वास व्यक्त गरे ।

‘नेपालले दशकसम्म हिंसा व्यहोर्यो, त्यसपछि संक्रमणका झेल्यो । त्यसपछि, सन् २०१५ मा नेपालमा तीन ठूला घटना भए— संविधान जारी भयो, त्यही वर्ष विनाशकारी भूकम्प गयो भने व्यापारमा चुनौति थपियो । पछि सन् २०१७ मा विनाशकारी बाढी आयो ।’ उनले भने, ‘त्यसका बावजुद पनि नेपालले प्रभावकारी रुपमा संघीयता लागू गरेको छ भने नेपालको अर्थतन्त्र पनि गतिशीलतातर्फ बढिरहेको छ ।’

नेपालले प्रभावशाली आर्थिक वृद्धिदर प्राप्त गरेको र यसले निरन्तरता पाउने भन्दै उनले नेपालको वृद्धि उपभोगमुखी लगानीतर्फ बढ्नुपर्नेमा जोड दिए ।

‘लगानीमा आधारित वृद्धिले रोजगारी सिर्जना गर्छ र हामी यही चाहन्छौं ।’ उनले भने ‘नेपालको लगानीका वातावरणबाट हामी खुशी छौं ।’
उनले नेपालले विदेशी तथा स्वदेशी लगानी आकर्षित गर्ने वातावरण निर्माण गर्नुपर्नेमा समेत जोड दिए ।

त्यस्तै, कार्यक्रममा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालका आर्थिक सूचकांक सकारात्मक रहेपनि नेपालले अझै धेरै गर्न बाँकी रहेको बताए । पछिल्लो तीन वर्षयता नेपालको आर्थिक वृद्धि सकारात्मक रहेपनि यो उपभोगमुखी रहेको र निजि क्षेत्रको लगानीमा निर्भर रहेको भन्दै उनले यस्तो किसिमको आर्थिक वृद्धि दीगो नहुने पूर्वअर्थमन्त्री कार्कीको भनाइ छ । उनले भने, ‘हामीले दीगो आर्थिक विकासतर्फ ध्यान दिनुपर्छ ।’

कार्यक्रममा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डले पनि नेपालको आर्थिक अवस्था सकारात्मक रहेको जनाए । नेपालले व्यापार घाटा कम गरी रोजगारी सिर्जना गर्नुपर्नेमा पूर्वअर्थमन्त्री पाण्डेले जोड दिए ।

कार्यक्रममा अर्थसमितिको अध्यक्ष कृष्णप्रसाद दाहालले आर्थिक विकासलाई मध्यनजर गर्दा नेपालले दक्षिण एशियामा प्रभावशाली स्थान बनाएको टिप्पणी गरे ।

नेपालले राजनीतिक स्थायित्व निर्माण गरी अर्थतन्त्रलाई गतिशील बनाउन सफल भएको छ । हामीले अब हाम्रो व्यय क्षमता अझ बढाउनुपर्छ ।’ उनले भने ।

त्यस्तै, आइएसएसआरका सदस्य तथा पेभेलियन ग्रुपका अध्यक्ष नरेश श्रेष्ठले नेपालमा लगानीमैत्री वातावरण अझै नबनिसकेको टिप्पणी गरे । लगानीकर्ताहरुले अझै विभिन्नखाले बाधाहरुको सामना गर्नुपरेको उल्लेख गर्दै श्रेष्ठले प्रशासनिक झण्झटका कारण लगानीकर्ताहरु निरुत्साहित बनेको बताए ।

कार्यक्रममा विश्वबैंक, नेपालकी वरिष्ठ अर्थविद् केनेचुक्वू मारिया एजेमेनारी, वरिष्ठ अर्थविद् दधि अधिकारी, अन्य अर्थविद् तथा सांसद्हरुले नेपालको वर्तमान अर्थतन्त्र र यसमा गरिनुपर्ने सुधारबारे धारणा राखेका थिए ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ९ : ३६ बजे

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन

सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’

काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि

केराखेती प्रवर्द्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

कञ्चनपुर– व्यावसायिक रूपमा केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न कृष्णपुर नगरपालिकाले

चलचित्र ‘पहाड’ मा नेपाली समाजको कथा

काठमाडौँ– निर्देशक तुलसी घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली