स्वतन्त्र सांसद प्रभु साहले नयाँ पार्टीको नाम जुराए « Khabarhub

स्वतन्त्र सांसद प्रभु साहले नयाँ पार्टीको नाम जुराए


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रौतहट ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी प्रभु साहले नयाँ पार्टीको नाम टुंगो लगाएका छन् । लामो आन्तरिक गृहकार्य र छलफलपछि साहले ‘आमजनता पार्टी’ नाम जुराएका छन् ।

त्यसका लागि आगामी ६ पुसमा सातैवटा प्रदेशका प्रतिनिधित्व हुने गरी तदर्थ समिति गर्न काठमाडौंमा बृहत् भेला गरिने भएको छ ।

भेला व्यवस्थापनको जिम्मा इच्छाबहादुर वाग्ले, पार्टीको विधान तयार पार्ने जिम्मा प्रभु साह र देशभरिका स्वतन्त्र सांसदमा उम्मेदवारी दिएर जसले पाँच हजार मत ल्याएका छन्, उनीहरूलाई भेला पार्ने जिम्मा बद्रीप्रसाद न्यौपानेलाई दिइएको छ ।

न्यौपाने चुनावका बेला एमालेको केन्द्रीय सदस्यबाट राजीनामा दिएर प्रभु साहको अभियानमा लागेका थिए । वाग्ले बाराबाट कांग्रेसका बागी उम्मेदवार बनेका थिए ।

साहले आफूहरूसँग प्रतिनिधिसभामा तीन र प्रदेशसभामा ६ गरी नौजना सांसद रहेको दाबी गरेका छन् । जसमा रौतहट ३ बाट विजयी प्रभु साह, रौतहट २ मा विजयी किरण साह र मोरङ ५ मा विजयी योगेन्द्र मण्डल रहेका छन् ।

गत २४ मंसिरमा काठमाडौंको गौशालास्थित शिवम् पार्टी प्यालेसमा सबैलाई सम्मान गरिएको थियो । कार्यक्रममा सांसद मण्डलले आफ्ना प्रतिनिधि पठाएका थिए । किरण साह भने आउँछु भनेर अन्तिममा उपस्थित नभएको बताइएको छ ।

कार्यक्रममा स्वतन्त्र उम्मेदवारी दिएर प्रदेश सभामा विजयी सुरुल पुन (रुकुम), दीपेन्द्रबहादुर पुन (रोल्पा), दीपेन्द्रबहादुर शाही (जुम्ला), खड्ग बस्नेत (नवलपरासी), केशव राय चौधरी (रौतहट) र जवाहरलाल कुशवाह (सर्लाही) लाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ५ : १५ बजे

अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक बोलाएपछि एमालेको बन्दसत्र सर्‍यो : पदाधिकारीको संख्या बढाउने प्रयास

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनकै बीचमा

धावक सनमाया र रनमाया थाइल्याण्डमा सम्मानित

काठमाडौं– थाइल्याण्डको प्रसिद्ध पर्यटकीय तथा साहसिक खेलकुद गन्तव्य च्याङ्गमाईमा गत

साताको कार्टुन : देउवालाई ओलीको ‘ललिपप’

काठमाडौं– एकसाता अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र

जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले कार्यक्षमता र व्यावसायिक निष्ठालाई थप उच्च

मुआब्जा नपाएपछि स्थानीयबाट माथिल्लो रावाखोला आयोजना बन्द

खोटाङ– प्रवर्द्धक कम्पनीले मुआब्जा नदिएपछि केपिलासगढी गाउँपालिकाका जग्गाधनीले माथिल्लो रावाखोला