विश्वभर कोरोना निको हुनेको सङ्ख्या ६३ करोड « Khabarhub

विश्वभर कोरोना निको हुनेको सङ्ख्या ६३ करोड


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोरोना भाइरसको सङ्क्रमण निको हुनेको सङ्ख्या ६३ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा दुई लाख ४३ हजारभन्दा धेरै जना सङ्क्रमण मुक्त भएका छन् ।

योसँगै विश्वभर कोरोना निको हुनेको सङ्ख्या ६३ करोड ६ हजारभन्दा धेरै भएको छ । सन् २०१९ को अन्तिममा चीनमा पहिलोपटक देखिएको कोरोना हाल विश्वका दुई सय २ देशमा फैलिसकेको छ ।

अहिलेसम्म विश्वभर ६५ करोड ५३ लाखमा सङ्क्रमण पुष्टि भइसकेको छ भने ६६ लाख ६३ हजारको मृत्यु भएको छ ।

सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा १० करोड मानिसमा सङ्क्रमण देखिएको छ । जसमध्ये ९ करोड ८६ लाख निको भएका छन् । अमेरिकामा मात्र ११ लाखको मृत्यु भएको छ ।

त्यसपछि भारतमा चार करोड ४६ लाखमा सङ्क्रमण पुष्टि हुँदा ४ करोड ४१ लाख निको भएका छन् । ५ लाख ३० हजार सङ्क्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  ६ : ५३ बजे

आगामी निर्वाचनमा सही प्रतिनिधि चयन गर्न मन्त्री खरेलको आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।