जो नयाँ राष्ट्रपति बन्ने चर्चामा छन् | Khabarhub Khabarhub

जो नयाँ राष्ट्रपति बन्ने चर्चामा छन्

दलीय राष्ट्रपतिले शक्ति दुरुपयोग गर्दा विकल्प खोजिदै


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : गणतन्त्र आएपछि राष्ट्रपति बनेका दुवै दलीय व्यक्तिले शक्तिको दुरुपयोग गरेपछि सत्ता गठबन्धनका नेताहरू यतिबेला गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउनेबारे बहसमा छन् । भारतमा जस्तै गरि गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाएर सरकारलाई काम गर्न पनि सहज हुने गरि राष्ट्रपतिको चर्चा भइरहेको छ ।

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले तत्कालीन प्रचण्ड नेतृत्वको सरकारलाई सडकमा पुर्याउने गरि सेनापतिलाई थमौती दिएपछि उनी विवादमा परेका थिए । कांग्रेसबाट राष्ट्रपति बनेका उनले माओवादी सरकारलाई असफल बनाउन पूर्ण सहयोग गरेका थिए ।

दलअनुसार देशको सर्वोच्च संस्थाले आग्रह पूर्वाग्रह राखेर निर्णय गर्ने भएपनि त्यसबाट दिक्क भएका दलेर यतिबेला राष्ट्रपति बन्नका लागि गैरदलीय व्यक्तिको खोजीमा लागेका छन् । रामवरणपछि राष्ट्रपति बनेकी विद्यादेवी भण्डारीले पनि सोही अवस्था दोहोर्याएकी छन् ।

भण्डारी राष्ट्रपति बन्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक संसद् विघटन गरे । दुवैपटक राष्ट्रपति भण्डारीले संसद् विघटन सदर गरिन् । नागरिक विधेयकजस्तो महत्वपूर्ण विधेयक रोक्ने कुचेष्टा गर्ने राष्ट्रपति भण्डारीले संसद् विघटनको निर्णय भने मध्यरात नै सदर गरेकी थिइन् ।

यसले भण्डारीको मात्रै आलोचना भएन, समग्र राष्ट्रपति कार्यालय नै विवादित भएको थियो । यसकारण यसपटक सत्ता गठबन्धनका शीर्ष नेताहरु यसपटक गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउने प्रयत्नमा छन् ।

जसकारण यतिबेला केही नामहरू राष्ट्रपति बन्न सक्ने भन्दै निकै चर्चामा छन् । यसरी चर्चा भएको व्यक्तिमा सबैभन्दा अगाडि छन्, खिलराज रेग्मी । सर्वोच्चका पूर्वप्रधानन्यायाधीश रेग्मी तत्कालीन दोस्रो संविधानसभा चुनाव गर्ने बेला मन्त्रिपरिषद् अध्यक्ष थिए ।

यसअघि सरकारको सफल नेतृत्व गरेको भन्दै यसपटक उनलाई राष्ट्रपति बनाउने चर्चा छ । यस्तै राष्ट्रपतिको चर्चामा सर्वोच्चका अर्को पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पनि छन् । सर्वोच्चको सफल नेतृत्व गरेका श्रेष्ठ अन्तर्राष्ट्रिय समुदायमा पनि ठूलो परिचित नाम हो ।

खासगरि बोली, शैली र अध्ययनमा राम्रो ज्ञान भएका श्रेष्ठलाई राष्ट्रपति बनाउँदा सकारात्मक प्रभाव पर्ने चर्चा छ । कानूनी विषयका ज्ञाता र न्यायका बारेमा विशिष्ट श्रेणीको अनुभव भएका श्रेष्ठले राष्ट्रपति पदको मर्यादा कायम राखेर कार्यसम्पादन गर्न सक्ने टिप्पणी भइरहेका छन् ।

यस्तै राष्ट्रपति बन्ने सूचीमा अनुराधा कोइराला, सन्दुक रुइत, महावीर पुनको नाम पनि चर्चामा छ । आफ्नो क्षेत्रमा उत्कृष्ट काम गरेका उनीहरु राष्ट्रपति पदका लागि योग्य र सक्षम व्यक्ति भएको टिप्पणी भइरहेका छन् ।

यस्तै सर्वोच्चका पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा, मीनबहादुर रायमाझी पनि चर्चामा छन् । त्यसबाहेक शम्भु थापा, पूर्वसभामुख दमननाथ ढुंगाना पनि राष्ट्रपति बन्न सक्ने भन्दै नाम आइरहेका छन् । दलका नेताहरूलाई राष्ट्रपति बनाउँदा पटक पटक शक्तिको दुरुपयोग गरेर सरकारलाई काम गर्न असहज बनाउने गरेको भन्दै यसपटक देउवा, प्रचण्ड र माधव नेपाल गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउन लागि परेका छन् ।

यसले बाहिर सकारात्मक र नकारात्मक दुवै चर्चा छ । तर भारतमा जस्तै एक सामान्य नागरिकको जीवन बाँचिरहेका व्यक्तिलाई राष्ट्रपति बनाउँदा सकारात्मक सन्देश जाने र कार्यकारी प्रधानमन्त्रीलाई काम गर्न सहज हुने भन्दै चर्चा छ । तर दलकै केही नेताहरूले भने गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउनेबारे सोच्न पनि नसकिने बताउन थालेका छन् ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ५ : १७ बजे

‘ओली, देउवा र प्रचण्डबाट पार लाग्दैन’

राजनीति भनेको संकट र समाधान दुवै हो । देशले संविधानसधभाबाट

‘राजनीतिक स्थिरता र आर्थिक समृद्धि ल्याउन कांग्रेस-एमाले मिलेका हुन्’

काठमाडौं- उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा राजनीतिक स्थायित्व कायम

चीनको युन्नान प्रान्तद्वारा ललितपुरलाई सामुदायिक बाथरुमसहितको परियोजना हस्तान्तरण

काठमाडौं– चीनको युन्नान प्रान्तले ललितपुर महानगरपालिकालाई जनकल्याणकारी परियोजना हस्तान्तरण गरेको

भारतीय सहयोगमा निर्मित गल्याङ नगर अस्पताल भवन उद्घाटन

काठमाडौं- ‘नेपाल-भारत विकास सहकार्य’बाट स्याङ्जाको गल्याङ नगरपालिकामा निर्मित गल्याङ नगर

माल्दिभ्स रोड रेसको उपाधि नेपालका सन्तोष र सन्तोषीले जिते

  माले- माल्दिभ्सको सबैभन्दा ठूलो दौड प्रतियोगिताको मुख्य उपाधि दुईजना