विश्व शान्तिको कामना गर्दै पोखरामा तोनाग घोसुम पूजा | Khabarhub Khabarhub

विश्व शान्तिको कामना गर्दै पोखरामा तोनाग घोसुम पूजा


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –विश्व शान्तिको कामना तथा पितृ उद्धारका लागि पोखरा–१० को रामघाटस्थित गोपाल गुम्बामा शुक्रबारदेखि त्रिपिटक पाठ वाचन तथा तोनाग घोसुम पूजा सुरु गरिएको छ ।

विश्वमा घटिरहेका हत्या, हिंसाको अन्त्य र पितृ उद्धारका लागि उक्त पूजा गरिएको जानकारी गुम्बाका प्रमुख लामा गोपाल गुरुङले दिए। गुरुङहरूले मान्दै आएको ल्होसार पर्वअन्तर्गत तो ल्हो (बाघ वर्ग) बिदाइ र हि ल्हो (बिरालो वर्ग) आगमनका अवसरमा विश्व शान्तिका लागि यस्तो पूजाको आयोजना गरिएको जानकारी तमु धिं कास्कीका अध्यक्ष हुम तमुले दिए।

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले शान्तिका लागि असल भावना, सत्कर्म र अमृत वचन आवश्यक रहेको बताए । उनले शान्तिबाट नै आनन्दमय जीवन प्राप्त हुने बताए । उक्त पूजा १० दिनसम्म चल्ने बताइएको छ ।

उपप्रमुख गुरुङले पल टासी छ्योलिङ गुम्बाले बौद्ध शिक्षा विकासका लागि कक्षा ५ सम्म अध्ययनको व्यवस्था गरिरहेको र पोखरा महानगरपालिकाले माध्यमिक शिक्षासम्म पठनपाठनका लागि समन्वय गर्ने वचनसमेत दिए ।

सो अवसरमा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, ब्रेज मेश्रो घान्द्रुक तमु समाजका अध्यक्ष सुदर्शन गुरुङ, शान्ता गुरुङ, लामा मीन गुरुलगायतले शुभकामना व्यक्त गरेका थिए ।

उक्त पूजामा विभिन्न जिल्लाबाट बौद्ध उपासक तथा उपासिकाहरूको उपस्थिति रहेको जानकारी गुम्बाका प्रमुख लामा आम्ची गोपाल गुरुङले दिए ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ९ : ०७ बजे

आर्थिक वर्षका लागि सरकारले यथार्थपरक बजेट ल्याएको छ : अर्थमन्त्री

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि

वीरेन्द्रनगरमा चार अर्ब  ३८ करोड २७ लाख १५ हजार बजेट प्रस्ताव

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा

नेपालमा ‘सितारे जनिम पर’ अर्को साताबाट प्रदर्शनमा आउन लागेको हो ?

काठमाडौं – बलिउड नायक आमिर खानको फिल्म ‘सितारे जमिन पर’

सरकारको ध्यान सत्ता जोगाउने र पद बाँड्नेमा भएकाले  समर्थन फिर्ता लियौँ : उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारलाई

अवहेलना प्रतिवेदनमा विशेषको आदेश – समाचार नहटाउनू, फौजदारी विविध दायरीमा दर्ता गर्नू

काठमाडौँ – अदालतको अवहेलना भएको भन्दै पेश गरिएको प्रतिवेदनमाथि प्रारम्भिक