विश्व शान्तिको कामना गर्दै पोखरामा तोनाग घोसुम पूजा « Khabarhub

विश्व शान्तिको कामना गर्दै पोखरामा तोनाग घोसुम पूजा


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –विश्व शान्तिको कामना तथा पितृ उद्धारका लागि पोखरा–१० को रामघाटस्थित गोपाल गुम्बामा शुक्रबारदेखि त्रिपिटक पाठ वाचन तथा तोनाग घोसुम पूजा सुरु गरिएको छ ।

विश्वमा घटिरहेका हत्या, हिंसाको अन्त्य र पितृ उद्धारका लागि उक्त पूजा गरिएको जानकारी गुम्बाका प्रमुख लामा गोपाल गुरुङले दिए। गुरुङहरूले मान्दै आएको ल्होसार पर्वअन्तर्गत तो ल्हो (बाघ वर्ग) बिदाइ र हि ल्हो (बिरालो वर्ग) आगमनका अवसरमा विश्व शान्तिका लागि यस्तो पूजाको आयोजना गरिएको जानकारी तमु धिं कास्कीका अध्यक्ष हुम तमुले दिए।

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले शान्तिका लागि असल भावना, सत्कर्म र अमृत वचन आवश्यक रहेको बताए । उनले शान्तिबाट नै आनन्दमय जीवन प्राप्त हुने बताए । उक्त पूजा १० दिनसम्म चल्ने बताइएको छ ।

उपप्रमुख गुरुङले पल टासी छ्योलिङ गुम्बाले बौद्ध शिक्षा विकासका लागि कक्षा ५ सम्म अध्ययनको व्यवस्था गरिरहेको र पोखरा महानगरपालिकाले माध्यमिक शिक्षासम्म पठनपाठनका लागि समन्वय गर्ने वचनसमेत दिए ।

सो अवसरमा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, ब्रेज मेश्रो घान्द्रुक तमु समाजका अध्यक्ष सुदर्शन गुरुङ, शान्ता गुरुङ, लामा मीन गुरुलगायतले शुभकामना व्यक्त गरेका थिए ।

उक्त पूजामा विभिन्न जिल्लाबाट बौद्ध उपासक तथा उपासिकाहरूको उपस्थिति रहेको जानकारी गुम्बाका प्रमुख लामा आम्ची गोपाल गुरुङले दिए ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ९ : ०७ बजे

सम्पत्ति छानबिनको पक्षमा म अझै अडिग छु, भ्रम नफैलाइयोस्: पूर्वअर्थमन्त्री शर्मा

काठमाडौँ – पूर्वअर्थमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिनका नाममा आफ्नो संलग्नता

हालान्डको दुई गोलसँगै नर्वे नकआउट चरणमा प्रवेश, सेनेगल ३–२ ले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा नर्वे नकआउट चरणमा प्रवेश गरेको छ

रास्वपाको बन्दसत्र आज, प्रतिनिधिलाई परिचयपत्र वितरण

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुँदैछ

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फ्रान्स विश्वकपको अघिल्लो चरणमा : ३-० ले पराजित इराक बाहिरियो

काठमाडौँ – साढे दुई घण्टासम्म अवरुद्ध भएको खेलमा इराकलाई ३–०