सवारी अनुशासन कारबाहीबाट तीन लाख राजस्व संकलन | Khabarhub Khabarhub

सवारी अनुशासन कारबाहीबाट तीन लाख राजस्व संकलन


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यातायात व्यवस्था विभागले सवारी अनुशासन कारबाहीबाट रु तीन लाख ५० हजार राजस्व उठाएको छ । विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुका अनुसार विभागले गएको मङ्सिर महिनाभरि नियम उल्लङ्घन गर्ने चार सय ५६ जनाबाट रु तीन लाख ४७ हजार उठाएको हो ।

उनका अनुसार सबैभन्दा धेरै सिल्टबेल्ट नबाँधेको र हेलमेट नलगाएका चार सय ५६ सवारी चालक कारबाहीमा परेका छन् । विभागले हरेक महिना आन्तरिकरूपमा पनि सवारी चालकले गर्ने नियम उल्लङ्घनका बारेमा अनुगमन गर्ने गरेको छ । यो विभागअन्तर्गत रहेको ट्राफिक टिमले गरेको कारबाहीबाट उठेको राजस्व हो ।

विभागले गरेको अनुगमनमा प्रदूषण स्टिकर नभएको, लाइसेन्स तथा ब्लुबुक नबोकेको, सवारीसाधन मोडिफाइड गरेको आदि कसुरमा चालक कारबाहीमा परेका छन् ।

 

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ७ : ४६ बजे

झापामा रगत अभाव, रक्तदान गर्न रेडक्रसको अपिल

झापा– नेपाल रेडक्रस सोसाइटी झापाले जिल्लामा रगतको अभाव भएको जनाएको

पाटन दरबार डबलीमा देखाइने कार्तिक नाच आजदेखि

पाटन– ललितपुरस्थित पाटन दरबार डबलीमा देखाइने कार्तिक नाच आजदेखि प्रदर्शन

सुनसरीको हरिनगरमा दुई समूहबीच झडप, हिंसा रोक्न सेनासहितको संयुक्त गस्ती

सुनसरी- सुनसरीको दक्षिणी हरिनगर गाउँपालिका वडा नं. २ रामनगर भुटाहामा

सुपरस्टार जोडी शाहरुख–सलमान सँगै फिल्ममा ?

काठमाडौं– बलिउड  सुपरस्टार शाहरुख खानले चार वर्षको लामो ब्रेकपछि २०२३

फागुन २१ मै निर्वाचन : के भन्छन् दलका नेताहरू ?

काठमाडौं– राजनीतिक दलका नेताहरूले ‘जेन-जी’ आन्दोलनका क्रममा लुटपाट भएका सुरक्षाकर्मीका